images

चलचित्र ‘मोदीबेनी’को अफिसियलपोस्टर सार्वजनिक


काठमाडौं । आगामीश्रावण १८ गते रिलिजहुने नेपालीचलचित्र ‘मोदीबेनी’को अफिसियलपोस्टर सार्वजनिकभएको छ। पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखिएको छ।
वर्षाको स्थानअन्यकलाकारहरू भन्दा ठुलो राखिएको छ। यसको मतलबचलचित्रमा वर्षाको भूमिकानिकै महत्त्वपूर्ण रहेको अनुमानलगाउन सकिन्छ। पोस्टरमा अभिनेता अमर प्रतापश्रेष्ठ र अभिनेता प्रवीण खतिवडालाई बराबर स्थानदिइएको छ। यसबाट त्रिकोणात्मक कथाचलचित्रमा रहेको अनुमानलगाउन सकिन्छ। 
त्यस्तै, पोस्टरमा अभिनेत्री रेजिना उप्रेतीलाई साधारण गाउँले महिला र अभिनेतादिलीप केसीलाई गाउँकै सम्भ्रान्तव्यक्तिको रूपमा चित्रण गरिएको छ।
यसअघि अमर र वर्षाको क्यारेक्टर पोस्टर सार्वजनिकभएकाथिए, जसमा अमरलाई ‘एङ्ग्री योङ म्यान’ र वर्षालाई रहस्यमयअवतारमा देखाइएको थियो। नयाँपोस्टरको थिम‘सर्कल थिम’मा रहेको छ, जसमापोस्टरको पृष्ठभूमिमा राखिएकापुललगायतका दृश्यहरूलाई घुमाइएको छ। रोचक र रहस्यमयकथाबोल्ने यस पोस्टरमा चलचित्रको शीर्षकलाई पनि सर्कल थिममा नै राखिएको छ।
चलचित्रलाई लिएर जिज्ञासा बढाउने यस पोस्टरको डिजाइन कलात्मकपोस्टर डिजाइनरको रूपमाचिनिने रोयल भीमसेनले गरेका हुन् । 
भारतको मुम्बईबाट डिजिटल पेन्टिङको शिक्षालिई नेपाल फर्केका उनले यसअघि ‘जात्रा’, ‘चिसो मान्छे’, ‘महापुरुष’, ‘महाजात्रा’, ‘प्रकाश, ‘पुजार सार्की’ जस्ता चलचित्रहरूकाआकर्षक पोस्टर डिजाइन गरेका थिए । 
पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर बनेको यो चलचित्रको कथामात्यहाँको मात्रकथानभई नेपालको जुनसुकै स्थानमापनित्यस्ता घटनाहरू भइरहेको पाइने निर्देशकशङ्कर कोइरालाले बताए।
यस चलचित्रमा अमर, वर्षा, प्रवीण, रेजिना, दिलीप सहित सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस गर्तौला, सुब्रतआचार्य लगायतको अभिनय रहेको छ। डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रलाई आनन्दविक्रम क्षेत्रीले लेखेका छन् । यसमादिलीप के।सी। निर्माता र हरि श्रेष्ठ सहनिर्माता रहेका छन् । 
 

बुधबार १३ असार २०८१ ०६:४८ PM मा प्रकाशित

प्रतिक्रिया