images

नौ वटा सहकारीबाट गोर्खा मिडियामा गएको रकमको माग गर्ने छानबिन समितिको निर्णय 

काठमाडौं।सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा अनुसन्धानगर्न बनेको संसदीयविषेश समितिले जितेन्द्रबाबु राई (जीबी) अध्यक्ष रहेको गोरखा मिडिया नेटवर्कमा रकमअपचलनकाविषयमा छानबिन सुरू गरेको छ। 
बुधबार बसेको संसदीयबिषेश छानविन समितिको बैठकले कार्यादेशमाउल्लेखित अनुसूची २ मा रहेका ९ वटा सहकारीको कागजातमगाउने निर्णय गरेको समितिका संयोजक सुर्य थापाले जानकारी दिए । 
उनले भने, ’विभिन्न सहकारीमार्फत गोरखा मिडिया नेटवर्कमा गएको प्रवाहभएको रकमको स्थिति समेत हामीले ६ वटा बुँदासहित नौं वटा सहकारीको कागजातमगाउने निर्णय गरेका छौं । यसअघि गठन भएका सहकारी सम्बन्धि छानबिन समितिभएका समितिहरुले गरेको अनुसन्धानप्रतिवेदन, आयोग, समिति र जाँचबुझआयोग लगायतको प्रतिवेदनहामीले यसअघिका बैठकहरुबाट प्राप्त गर्नेगरी निर्णय गरेका थियौं । तीप्रतिवेदनहरु प्राप्तभएका छन् । समितिका सदस्यहरुले तीप्रतिवेदनहरुको अध्ययन गरिरहनुभएको छ ।’
समितिले गोरखा मिडयामा रकमअपचलनभएकाभनिएका सहकारीहरू आइडियल यमुना बहुउद्देश्यी संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, सहारा बचत तथा ऋण सहकारी, समानताबचतथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सु्रम बचतथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचतथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत ता ऋण सहकारीसँगकागजातझिकाउने निर्णय गरेको थापाले बताए । 
उनले संसदीय समिति कसैको ढाकछोप र कसैलाई नियोजितरूपमाफसाउन नबनेको भन्दै सबुत, प्रमाण वाबहुमूल्य रिपोर्ट भएउपलब्ध गराउनआह्वान समेत गरेका छन् । 
 

बुधबार १३ असार २०८१ ०६:५८ PM मा प्रकाशित

प्रतिक्रिया