काठमाडौं । रास्वपाका सांसद खगेन्द्र सुनारले विपक्षी दलका नेताहरूप्रति कटाक्ष गरेका छन्। संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्दा प्रधानमन्त्री बालेन शाहको कन्फिडेन्स नभएको टिप्पणी विपक्षी दलका नेताहरूले गरेपछि सुनारले जवाफ फर्काएका हुन्। उनले सोधे ‘घिउ खाएपछि जिउमा बल आउँछ भन्ने सुनेको थिएँ, तर के खाएपछि कन्फिडेन्स आउँदो रहेछ, हामी सुन्न चाहन्छौँ।’ उनले विपक्षी दलका नेताहरू जोडिएका काण्डको उदाहरण दिँदै प्रश्न उठाए। उनले थपे, ‘ग्रिन टी खाएपछि आउँछ कि गिरीबन्धु टी खाएपछि आउँछ त्यो कन्फिडेन्स? त्यो सुन खाएपछि आउँछ क्विन्टल–क्विन्टलमा, कि लडाकुको शिविरको पसिना र खुन खाएपछि आउँछ? वाइडबडी खाएपछि आउँछ कि बालुवाटार खाएपछि आउँछ? पासपोर्ट खाएपछि आउँछ कि गरिबका, सुकुम्वासीका लालपुर्जा खाएपछि आउँछ?’ उनले के खाएपछि कन्फिडेन्स आउँछ भन्ने कुराको जवाफ सुन्न आफूहरू तयार रहेको बताए।
प्रतिक्रिया