काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरूद्व गर्ने तयारी गरेको छ ।
त्रिभुवन विमानस्थल बाहिर एक क्विन्टल बढी सुन बरामद गरिएको प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै एमालेले आज बस्ने संसद अवरूद्व गर्ने तयारी गरेको हो ।
एमालेले दिउँसो १ बजे बस्ने संसद बैठक अवरोध गर्ने तयारी स्वरूप त्यसअघि संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको बैठक दिउँसो १२ बजे बस्नेछ ।
एमालेले सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको आरोप लगाउँदै आएको छ ।