images

वर्तमान सरकारले फलानो अपराधी नसमाउ भनेर आदेश दिँदैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार मुलकमा सही कुरालाई अघि बढाउने संकल्पका साथ बनेको बताउनुभएको छ । अहिलेको सरकार बनेको एउटा सरकारको ठाउँमा अर्को सरकारको रुपमा नआई एउटा प्रवृत्तिको ठाउँमा अर्को नयाँ प्रवृत्ति, अस्थिरताको ठाउँमा स्थिरता, विभिन्न खालका बेठिक प्रवृत्तिको ठाउँमा ठिक प्रवृत्ति र ठिक प्रवृत्तिलाई अगाडि बढाउने संकल्पका साथ आएको प्रधानमन्त्री ओलीको भनाई थियो । जिल्ला प्रहरी परिसर काठमाडौंको सोमवार जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले अपराध हुनै नदिने कुरामा ध्यान दिन पनि नेपाल प्रहरीलाई निर्देशन दिनुभयो । अपराध कसैले गराउन खोजेको छ भने त्यसलाई पहिले नै पत्ता लगाउने र नियन्त्रण गर्नेगरी नेपाल प्रहरीलाई काम गर्न सचेत गराउँदै प्रधानमन्त्री ओलीले त्यस काममा सरकारले कुनैपनि खालको हस्तक्षेप नगर्ने बताउनु भयो । उहाँले अपराध गर्नेहरुलाई पहिलेनै सचेत बनाउने गरी अभियान चलाउन सकिए समाजमा अपराधिक घटना हुन नपाउने उल्लेख गर्दै त्यस अभियानमा प्रहरीले चनाखो भएर अघि बढ्नुपर्ने बताउनु भयो । प्रधानमन्त्री ओलीले संविधान र कानूनले मार्ग निर्देश गरे अनुसार चल्न पनि प्रहरीहरुलाई आग्रह गर्नुभयो । वर्तमान सरकारले फलानोलाई फसाउ भन्ने आदेश प्रहरीलाई नदिने भन्दै प्रधानमन्त्री ओलीले ढुक्कका साथ आफ्नो कामालई अघि बढाउन पनि प्रहरीको ध्यानाकर्षण गराउनु भयो । राज्यको शक्ति दूरुपयोग गरेर निर्दोषलाई दोषी करार गर्ने काम भनेको अपराधिक क्रियाकलाप भएकाले राज्यको तर्फबाट निर्दोषलाई दोषी करार गर्ने काम हुनै नसक्ने प्रधानमन्त्री ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अपराधको रोकथाम, अपराध हुनै नदिने पहिलो कुरा । यसलाई हामीले छानविन, अनुसन्धान भन्दा कम महत्व दिनु हुँदैन । अपराध हुनै नपाओस भन्ने कुरामा ध्यान दिन, त्यसका निम्ति म तपाईहरुलाई सुझाव भन्न चाहन्छु–पुरानो घुमुवाको तरिकाबाट कुनै पनि उपलब्धि हुनेवाला छैन । पुरानो घुमुवाको तरिका होइन, नयाँ तरिकाले अव यसलाई विकास गर्नु पर्छ । तपाईहरुको अनुसन्धान भन्दा अगाडिको अनुसन्धान अपराध घटिसकेपछिको अनुसन्धान होइन कि अपराध कसैले गराउन खोजेको छ भने त्यसलाई पहिलेनै पत्ता लगाउने र नियन्त्रण गर्ने अनुसन्धान । त्यो धेरै महत्वपूर्ण छ । त्यसो भयो भने समाजमा धेरै क्षति हुँदैन । समाजमा अपराध हुँदैन । अपराधिक मानसिकता फैलिन पाउँदैन । सोच्ने वित्तिकै प्रहरीले थाहा पाउँछ भन्ने परोस । अपराधको बारेमा सोच्ने वित्तिकै प्रहरीले थाहा पाउँछ । र, त्यसलाई नियन्त्रण गरिहाल्छ भन्ने कुरा मान्छेलाई परोस । तपाईहरुले धेरै प्रशंशनीय कामहरु गर्नु भएको छ । बाद्यबादनमा तपाईहरु त्यत्तिकै हुुनुहुन्छ । खेलकुदमा त्यत्तिकै हुनुहुन्छ । अथवा तपाईहरुले आफ्नो संस्कृति, रितीरिवाज आदि इत्यादि देखि लिएर अनेक पक्षहरु आफनो कठोर सेवा मात्रै होइन । तपाईहरुको सेवा पनि कठोर छ । त्यो कठोर सेवाका बीचबाट तपाईहरु कहिले परोपकारका काम, कहिले के काम, अनेक खालका कामहरु गरिराखेको हुनुहुन्छ । तपाईहरुले आफूलाई अपडेट गर्नका लागि प्रशिक्षण, अध्ययनलाई पनि निरन्तरता दिनु भएको छ । तपाईहरुले राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा सुरक्षाको प्रबन्धको क्षेत्रमा देश भित्रमात्र होइन । भन्न खोजेको अन्तराष्ट्रिय क्षेत्रमा पनि योगदान गर्नु भएको छ । म नेपाल प्रहरीका कामहरुको उच्च मूल्यांकन गर्न चाहन्छु । प्रशंशा गर्न चाहन्छु । र तपाईहरुलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु । अव परिस्थिति परिवर्तित भएको छ । हिजोकै जस्तो परिस्थिति छैन । मैले हाम्रो समयको हिरासत र आजको हिरासत हेरेँ । आकाश जमिनको फरक छ । आज प्रहरीको मानसिकता फरक छ । अन्य कुराहरु शिक्षा, तालिमलगायतका अन्य कुराहरुले पनि तपाईहरुलाई मानवियतालाई महत्व दिएर काम गर्न प्ररित गरिरहेको छ । र, म खुशी व्यक्त गर्न चाहन्छ । म भन्न चाहन्छु कि अहिलेको सरकार बनेको एउटा सरकारको ठाउँमा अर्को सरकार आयो, एउटा समिकरणको ठाउँमा अर्को समिकरण बन्यो होइन । एउटा प्रवृत्तिको ठाउँमा अर्को नयाँ प्रवृत्ति, अस्थिरताको ठाउँमा स्थिरता, विभिन्न खालका बेठिक प्रवृत्तिको ठाउँमा ठिक प्रवृत्ति र ठिक प्रवृत्तिलाई अगाडि बढाउने संकल्पका साथ यो सरकार बन्या छ । तपाईहरुलाई म भन्न चाहन्छु । तपाईहरु कानुन बमोजिम चल्नुस, संविधान र कानूनले तपाईहरुलाई मार्गदर्शन गर्छ । त्यो बमोजिम चल्नुस तपाईहरु संविधान र कानून बमोजिम । तपाईहरुका काम, कर्तव्य, तपाईहरुका अधिकारहरु त्यहाँ निर्दिष्ट छ । त्यसै अनुसार अघि बढनुस । अहिलेको सरकारले फलानो अपराधि हो तर नसमाउ भनेर आदेश दिँदैन । अहिलेको सरकारले फलानोलाई फसाउ भन्ने तपाईहरुलाई आदेश दिँदैन । ढुक्कले काम गर्नुस । निर्दोष मान्छे फसाउनु राज्य भएर, राज्यको शक्ति दूरुपयोग गरेर निर्दोषलाई दोषी करार गर्ने काम भनेको अपराधिक क्रियाकलाप हो । राज्यको तर्फबाट गरिने अपराधिक क्रियाकलाप हो । त्यसकारण कसैलाई निर्दोशितामा दोषी करार गर्ने प्रयास हुँदैन । तपाईहरु ढुक्कले काम गर्नुस । अब प्रहरीलाई हामी प्रोत्साहित पनि गर्छौं । ’
 

सोमबार १० भदौ २०८१ ०३:०३ PM मा प्रकाशित

प्रतिक्रिया