ओसाका, जापान । मगर समुदायको ४३ औँ राष्ट्रिय मगर एकता दिवसको अवसर पारेर जापानको ओसाकामा यही मार्च २ तारिक आईतबार नेपाल मगर संघ सांस्कृतीक समुह कान्साई ओसाकाले पहिलो पटक मगर दिवस विशेष सांस्कृतीक कार्यक्रम २०२५ आयोजना गरी मनाउने भएको छ ।
विभिन्न कारणले लोपोन्मुख रूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडालगायत लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक, ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी गराउन र सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रमको आयोजना गरी कार्यक्रम धूमधामका साथ मनाउने तयारी भई रहेको कार्यक्रम संयोजक पृथ्वी मगरले जानकारी दिनु भयो।
जापानमा रहेका लोकदोहोरी क्षेत्रका कलाकारहरु तथा स्थानीय कलाकारहरुको साथमा कार्यक्रम आयोजनम हुन लागेको बताईएको छ । कार्यक्रमा जापानमा रहेका सबै नेपाली समुदायहरुलाई सहभागीताको लागि अनुरोध समेत गरिएको छ ।
पञ्चायती व्यवस्थामा प्रहरी घेराबन्दीको बिच २०३९ फागुन १४, १५ र १६ गते तनहुँमा ‘नेपाल लाङ्घाली परिवार सङ्घ’ को प्रथम महाधिवेशन सम्पन्न भएको थियो । सोही दिनको स्मरणमा फागुन १५ लाई सङ्घको स्थापना दिवसका रूपमा मनाउने गरिन्छ ।
प्रतिक्रिया