ओसाका, जापान — दोलखा समाज जापानद्वारा सञ्चालित ‘संयुक्त जीवन रक्षा अभियान’ अन्तर्गत संकलित सहयोग रकम नेपालमा विभिन्न गम्भीर रोगबाट पीडित बिरामीहरूलाई हस्तान्तरण गरिएको छ।
समाजका अनुसार, २०२६ फेब्रुअरी २४ देखि मार्च १० सम्म अभियान सञ्चालन गरी संस्थाको खातामा संकलित जापानी येन १,५१,००० तथा संस्थाको खाताबाट थप १२,१३८ येन गरी जम्मा १,६३,१३८ येन ९करिब नेपाली रुपैयाँ १,५०,०००० संकलन गरिएको थियो। उक्त रकम संस्थाका सदस्य यज्ञ बहादुर खड्का र राम बहादुर खड्काले सम्बन्धित बिरामी तथा उनीहरूका आफन्तसँग भेट गरी हस्तान्तरण गरेको समाजका महासचिव अनुप खड्काले जानकारी दिए।
अभियानअन्तर्गत निम्न बिरामीहरूलाई जनही ३०,००० रुपैयाँका दरले सहयोग प्रदान गरिएको थियो । गौरीशंकर गाउँपालिका–५ का लाल बहादुर खड्का नाक–घाँटीको क्यान्सरबाट पीडित भई वीर अस्पतालमा उपचाररत रहेका छन्। उनलाई उनका आफन्तमार्फत सहयोग प्रदान गरिएको छ।
त्यस्तै, दोलखा जिल्ला तामाकोशी गाउँपालिका–४ की रीता रसाइली मृगौला क्यान्सरबाट पीडित भई काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचार गराइरहेकी छन्। उनलाई उनका श्रीमानमार्फत सहयोग हस्तान्तरण गरिएको छ।
शैलुङ गाउँपालिका–३ का भक्त बहादुर खड्का मृगौला क्यान्सरबाट पीडित भई भक्तपुर अस्पतालमा उपचाररत रहेका छन्। उनको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उनका छोरामार्फत रकम प्रदान गरिएको हो।
कालिन्चोक गाउँपालिका–७ का विष्णु बहादुर शिवाकोटी मूत्रथैली क्यान्सरबाट पीडित भई नागरिक अस्पतालमा उपचाररत रहेका छन्। उनलाई प्रत्यक्ष भेटी सहयोग रकम हस्तान्तरण गरिएको जनाइएको छ। यस्तै, भीमेश्वर नगरपालिका–९ का काजीमान श्रेष्ठ मृगौला सम्बन्धी रोगबाट पीडित भई उपचार गराइरहेका छन्। उनलाई उनका छोरामार्फत आर्थिक सहयोग प्रदान गरिएको छ। यस अभियानमा विभिन्न व्यक्तिहरूले आर्थिक सहयोग गरेका छन्। सहयोग गर्नेहरूमा नवराज थापा, संजीव पोखरेल, महेश खड्का,रोशन थापा, महेन्द्र राउत, रामचन्द्र गिरी, अनुप खड्का, अशोक पोखरेल, नारायण खड्का, मनोज श्रेष्ठ, गोपी कार्की, सृजना थापा र शिव वली, दर्पण खड्का, रहेका छन्।
दोलखा समाज जापानले सबै बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अभियानमा सहयोग पुर्याउने सम्पूर्ण सहयोगी तथा मनकारी व्यक्तित्वहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।
प्रतिक्रिया