images

टी–२० मैत्रिपूर्ण श्रृङ्खला ः वेस्टइन्डिज ए विरुद्ध दोस्रो जितको लक्ष्यमा नेपाल

काठमाडौं । नेपालले आज टी–२० श्रृङ्खला अन्र्तगतको दोस्रो खेल वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो सवा बाह्र बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । शनिबार भएको पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । २०५ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेट गुमाएर २ बल बाँकी छँदै लक्ष्य पूरा गरेको थियो । जसका लागि कप्तान रोहित पौडेलले उम्दा पारि खेले  ।५४ बलको सामना गरेका पौडेलले ११२ रनको योगदान गरेका थिए भने अन्य व्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । पहिलो खेलमा बलियो मानिएको टोलीलाई पराजित गरेसँगै नेपाली टोलीकोमनोबल उच्च देखिन्छ । आज नेपालविरुद्ध पहिलो जितको खोजिमा वेस्टइन्डिज ए टोली मैदान प्रवेश गर्दा घरेलु टोली दोस्रो जितकोलागि उत्साहित देखिन्छ । ट्वान्टी–२०विश्वकपको तयारीका लागि आयोजित योतेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुने क्यानको तालिका छ ।
 

आइतबार​ १६ बैशाख २०८१ ०८:०८ AM मा प्रकाशित

प्रतिक्रिया