images

जापानको ओसाकामा ऊनको स्वीटर प्रदर्शन हुदैं

अ‍ोसाका, जापान । म्युजिकल फिल्मबाट दर्शकको मन जितिरहेको आर्टमाण्डुले निर्माण गरेको पहिलो फिचर फिल्म ऊनको स्वीटर जापापनको ओसाकामा प्रर्दशन हुने भएको छ । विपिन कार्की र मिरूना मगर अभिनीत यो फिल्म आगामी जुन १३ मा ओसाकाको मिनातो सिभिक सेन्टरमा प्रर्दशनको तयारी भएको आयोजक अनिश घिमिरेले बताउनु भयो।

नवीन चौहानले निर्देशन गरेको 'ऊनको स्वीटर'  फिल्ममा विपिन र मिरूनाका साथमा सुनील पोखरेल, माओत्से गुरूङ, विल्सनविक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमू, शारदादेवी सिलवाल, रत्न सुब्बा, मेनुका प्रधान लगायत कलाकारको अभिनय छ। फिल्मको लेखन पनि निर्देशक चौहानले गर्नु भएको हो। फिल्ममा सुजन चापागाईंको संगीत निर्देशन, कोबिद बज्रको ब्याकग्राउण्ड म्युजिक छ। गीत रचना हर्क साउद र युवराज काफ्लेले गरेका छन्।   फिल्मको अग्रिम टिकट बिक्री सुरु भएको र ओसाकामा रहेका नेपाली किराना पसल तथा रेष्टुरेन्टहरुबाट बिक्रि वितरण भैरहेको बताईएको छ ।

बुधबार १५ जेठ २०८२ ०९:५० AM मा प्रकाशित

प्रतिक्रिया