images

यस्तो छ, आजको मौसम 

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसका कारण आज दिउँसो देशभर मौसम बदली रहनेछ ।  यस्तै, विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी र बाँकी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू वर्षा र हिमपातको सम्भावना रहेको छ । महाशाखाले आज राति भने देशभर साधारणतया मौसम बदली रहने जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।   साथै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
 

शनिबार १४ असार २०८२ ११:५८ AM मा प्रकाशित

प्रतिक्रिया