रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रवेश गरेका छन् ।  शुक्रबार संघाइ इन्डोर रंगशालामा सम्पन्न बेन्टमवेटअन्तर्गतको सेमिफाइनलमा न्युजिल्यान्डका कासिब मर्डोचलाई स्पिल्ट डिसिजनका आधारमा पराजित गरेका हुन् । 

यो हारसँगै मर्डोचको आठ खेलसम्मको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । रवीन्द्रले फाइनलमा जापानका रियो ताजिमाको सामना गर्नेछन् ।