images

स्यालको लागिथापेको पासोमा चितुवा परेपछि...

बैतडी ।बैतडीमा एक चितुवापासोमा परेको छ । स्थानीयहरुले स्यालकालागिथापेको पासोमा चितुवा परेको हो । जिल्लाको दशरथचन्दनगरपालिका –१ गुरुखोलाखालमा स्थानीयले थापेको पासोमा शुक्रबार राति १२ बजेतिर चितुवा परेको हो । स्यालले कुखुरा खाएर हैरानपार्न थालेपछि किसानहरुले स्यालकालागिपासो थापेका थिए ।  उक्तपासोमा चितुवा परेको जिल्लाप्रहरी कार्यालय बैतडीका प्रवक्ताप्रहरी निरीक्षकजनक ढुङ्गानाले बताए । पासोमा परेको चितुवाको उद्धारका लागि डिभिजन वनकार्यालयको टोली र प्रहरीको टोली घटनास्थलमा खटिएको छ । पासोमा परेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथाबर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिकहरुको टोलीमगाउने कामभइरहेको बताइएको छ ।
 

शनिबार १२ असोज २०८१ ०२:२६ PM मा प्रकाशित

प्रतिक्रिया