ओसाका, जापान । गल्कोट समाज कान्साईले संसारभर छरिएर रहेका गल्कोटेहरुलाई,उठौं जुटौं,हातेमालो गरौं !संसारका गल्कोटे एकजुट होऔं!!भन्ने मुल नाराका साथ आगामि नेपाली नया वर्ष २०८२ अर्थात् अंग्रेज़ी बर्ष २०२५ को जुन महिनाको १४ र १५ गते शनिवार र आइतवारको दिन पारेर कान्साईमा प्रथम नेपाल फेष्टिवल गर्ने भएको छ।
नेपालको भेष-भुषा,कला, साहित्य,संस्कार-संस्कृति, सभ्यता सहित प्राकृतिक,धार्मिक,पौराणिक तथा ऐतिहासिक महत्व झल्किने गरी नेपालको मौलिक रहन -सहन तथा नेपाली जीवन शैलीलाई कलात्मक तरिकाले प्रस्तुत गर्ने गरि जापानी समुदाय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने,पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउने उदेश्यका साथ जापानको कान्साईमा पहिलो पटक ऐतिहासिक प्रथम नेपाल फेष्टिवल गर्ने निर्णय कार्य समितिको प्रथम बैठकले निर्णय गरि सकेको र तदअनुरुप अगाडी बढेको संस्थाका अध्यक्ष नरबहादुर थापाले बताउनु भयो ।
जापान जस्तो ब्यस्त देशमा कान्साईमा क्रियाशील सम्पूर्ण संघ संस्था तथा जापानमा क्रियाशील सम्पूर्ण संघसंस्था तथा सम्पूर्ण नेपाली समुदायलाई समेट्दै हुन गईरहेको दुई दिने फेष्टिवलमा नेपालका ख्याती प्राप्त चर्चित बिभिन्न संस्कृति तथा बिधाका दर्जनौं राष्ट्रिय कलाकारको साथमा गरिने र उक्त फेष्टिवलमा भएको आम्दानीबाट संसार भरका गल्कोटेहरुले अपनत्व महशुस गर्न सक्नेगरी दिर्घकालीन योजना अन्तर्गत अन्तराष्ट्रीय गल्कोट समाज बहुसांस्कृतिक, बहुउद्देशीय समाज घर निर्माण गर्ने (अन्तराष्ट्रीय मापदण्ड अनुसार)तथा नेपाली समुदायमा भैपरी आऊँदा एकजुट हुँदै अगाडी बढ्ने आयोजक संस्थाले बताएको छ ।
परदेशी समाज सेवाको गौरवपूर्ण इतिहास बोकेको गल्कोट समाजले जापानमा क्रियाशील नेपाली समुदायमा आर्थिक, नैतिक, भौतिक, सामाजिक सांस्कृतिक सद्भाव सहितको सहयोग अपेक्षा सहित यो फेष्टिवलको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ।
फेष्टिवल जापानको ओशाका शहरमा अबस्थित Osaka Creative Center को प्राङगणमा हुनेछ ।
पूर्ण ठेगाना यस प्रकार छ। 4 Chome-1-55 Kitakagaya, Suminoe Ward, Osaka, ५५९-००११ मा हुने आयोजकले जानकारी दिएको छ।
प्रतिक्रिया