काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले पार्टीमा आवद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको स्पष्ट पारेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरुले आफू नै मेयर,वडा अध्यक्षको उम्मेदवार हो भन्ने गरेको उल्लेख गर्दै पार्टीमा अहिले सहभागी हुनु भनेको उम्मेदवार बन्नु नरहेको स्पष्ट पारे ।