images

आइटी सदस्यहरुलाई प्रशिक्षण दिँदै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० नेपालले आइटी सदस्यहरुलाई प्रशिक्षण दिने भएको छ । पार्टीको केन्द्रीय आइटी विभागको आयोजनामा सामाजिक सञ्जालमा सक्रिय सदस्यहरुको लागि जनकपुरधामस्थित अञ्जनी सुइटमा सोमबारदेखि दुई दिवसीय प्रशिक्षण गर्न लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।सामाजिक सञ्जालहरुको प्रयोग र परिचालनलाई प्रभावकारी ढङ्गले व्यवस्थित गर्न तथा सूचना, सञ्चार एवं प्रचार प्रसारको संयन्त्रलाई अझ बलियो बनाउन सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई पार्टी अध्यक्ष उपेन्द्र यादवलगायतका नेता तथा विज्ञहरुले प्रशिक्षण दिन लागेको बस्नेतले बताए ।सामाजिक सञ्जालमा सक्रिय देशभरीका पार्टी सदस्यहरुलाई संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादबारे समेत प्रशिक्षीत गरिने बताइएको छ ।
 

सोमबार १६ असार २०८२ ०३:०४ PM मा प्रकाशित

प्रतिक्रिया