काठमाडौं । इरानले अमेरिकासँगको परमाणु वार्ता पुनः सुरु हुनुअघि वाशिङ्टनले थप सैन्य कारबाही नगर्ने स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने चेतावनी दिएको छ । इरानी उपविदेशमन्त्री मजिद तख्त–रवान्छीले दिएको एक अन्तर्वार्तामा अमेरिकी ट्रम्प प्रशासनले विभिन्न माध्यमबाट वार्तामा फर्कन संकेत गरे पनि, सैन्य हमलाबारे ठोस आश्वासन नदिएको बताएका हुन् ।जुन १३ मा इजरायलले इरानविरुद्ध सैनिक कारबाही थालेपछि मस्कटमा तय गरिएको छैटौँ चरणको अप्रत्यक्ष परमाणु वार्ता स्थगित भएको थियो । दुई दिनपछि हुने भनिएको वार्ता विफल हुनुको कारण यही सैन्य तनाव भएको इरानी पक्षको दाबी छ ।
प्रतिक्रिया