images

अविरल वर्षापछि गगने खोलामा पहिरो, सवारी आवागमन रोकियो

मुगु । अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अन्तरगत गगने खोलामा आएको बाढिले सडक अबरुद्व भएको छ । गएराती देखि आएको  अविरल वर्षापछि  गगने खोलामा आएको ठूला ठूला ढुंगा सहितको पहिरोले राजमार्ग अबरुद्व भएको सडक डिभिजन जुम्लाले जनाएको छ ।कालिकोटको गगनेखोलामा ठूला ठूला ढुङ्गा सहितको पहिरो गएपछि विहान ६ बजे देखि सडक अबरुद्व भएको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले बताए । 
उनका अनुसार पहिरो पन्छाउनका लागि हेभी मेसिन सहित जनशक्ति परिचालन गरिएको छ ।वर्षातको समय भएकाले सडकको अबस्था बुझेर मात्रै यात्रा गर्न सडक डिभिजनले अनुुरोेध गरेको छ । सडक अबरुद्व भएपछि मुगु,जुम्ला देखि सुर्खेत नेपालगन्ज जाने यात्रु बाहक तथा मालबाहक सवारी रोकिएका छन् ।भने यात्रुरुहरु अलपत्र परेका छन् ।
 

सोमबार १६ असार २०८२ ०२:४६ PM मा प्रकाशित

प्रतिक्रिया