काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा दर्ता गराएको छ ।पार्टीले कुल ११० उम्मेदवारहरू सूचीमा समावेश गरेको छ । राप्रपाले उम्मेदवारहरू सूचीमा जातीय तथा लैंगिक समावेशितालाई ध्यानमा राखेको छ ।उम्मेदवारहरूको समावेशी विवरणआदिवासी÷जनजाति ः ३० पुरुष र १५ महिला उम्मेदवारखस÷आर्यः १५ पुरुष र १६ महिला उम्मेदवारथारूः ३ पुरुष र ४ महिला उम्मेदवारदलितः ८ पुरुष र ८ महिला उम्मेदवारमधेशीः १३ पुरुष र १० महिला उम्मेदवारमुस्लिमः २ पुरुष र ४ महिला उम्मेदवारपार्टीले प्रतिवेदनमा पुरुष–महिला, जातीय समूह र समावेशी मापदण्डअनुसार उम्मेदवारहरूको तालिका तयार पार्दै निष्पक्ष प्रतिनिधित्व सुनिश्चित गरेको जनाएको छ ।निर्वाचन आयोगका अनुसार समानुपातिक बन्द सूची दर्ता प्रक्रिया कानूनअनुसार सम्पन्न भए पनि आयोगले आगामी दिनहरूमा सूचीको समावेशी र समानुपातिक मापदण्ड अनुसार जाँच गर्नेछ ।यसरी राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन तयारीमा आफ्नो दायित्व पूरा गर्दै आगामी प्रतिनिधि सभा निर्वाचनमा सहभागिता सुनिश्चित गरेको छ ।
प्रतिक्रिया