तनहुँ - दुई सातादेखि बेपत्ता भएका आमाछोरा अझै फेला परेका छैनन् ।
दुई सातादेखि बेपत्ता भएका ब्याँस नगरपालिका–१० बिपी भञ्ज्याङ्ग का २० वर्षीया राममाया विक र ४ वर्षीयाको छोरा लप्सन विक अझै फेला नपरेका हुन ।
राममायाको श्रीमान् लोकबहादुर विकले गत वैशाख ३ गते बिहान देखि बेपत्ता भएको श्रीमती र छोरा खोजी गर्दा पनि फेला नपरेको बताए । श्रीमती र छोरा बेपत्ता भएको दुई साता नाघिसक्दा पनि फेला नपरे पछि खोजीका लागि प्रहरी कार्यालयमा निवेदन दिएको उनले बताए ।
भारतको रोजगारीमा गर्दै आएका श्रीमान लोकबहादुर श्रीमती र छोरा बेपत्ता भएको खबर भएपछि नेपाल आएका थिए । आफन्तलगायत सबैतिर खोजी गर्दा पनि फेला नपरेपछि खोजी गरिदिन उनले अपिल गरेका छन् ।