रौतहट । रौतहटको राजपुर नगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि आफ्नो प्रशासकीय भवनमा आधुनिक स्वचालित साइरन सेट जडान गरेको छ ।रेन परियोजनाको सहयोगमा स्थापित यो प्रणालीले बाढी, आगलागी र चट्याङ जस्ता आपतकालीन अवस्थामा नगरवासीलाई समयमै सचेत गराउनेछ ।बाढी, आगलागी, जनावरको आक्रमण, र चट्याङका लागि छुट्टाछुट्टै आवाज ९साइरन कोड० निर्धारण गरिएको छ ।नगरपालिकाले मेसेज बक्स, फोन डायल वा एस।एम।एस। मार्फत तत्कालै साइरन सक्रिय गर्न सक्ने प्रविधि मिलाएको छ । ‘एक नम्बर, एक आवाज—सयौंको सुरक्षा’ भन्ने नाराका साथ आकस्मिक सूचना प्रवाह गरी धनजनको क्षति कम गर्ने लक्ष्य राखिएको छ ।प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरका अनुसार, रेन परियोजनाको सहयोगमा जडान गरिएको यस प्रणालीबारे नागरिकलाई बुझाउन र नियमित परीक्षण गर्न नगरपालिका प्रतिबद्ध छ ।नगर प्रमुख डा। राजिक आलमले राजपुरनगरपालिका विपद्को दृष्टिकोणले जोखिमयुक्त क्षेत्र भएकाले यो प्रणाली जीवन बचाउन प्रभावकारी हुने बताए । आधुनिक स्वचालित साइरन सेट जडान गरेपछि विपद् जोखिम न्यूनीकरण हुने पालिकाको अपेक्षा छ ।
प्रतिक्रिया