images

भ्रामक सूचना र आन्दोलनबारे द ब्रिटिश कलेजको स्पष्टोक्ति

काठमाडौं । थापाथलीस्थित द ब्रिटिश कलेज ९टीबीसी० ले पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत फैलाइएका भ्रामक सूचना, अफवाह र आन्दोलनसम्बन्धी घटनाबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । कलेजले केहीव्यक्तिहरूले संस्थाको प्रतिष्ठामा क्षति पु¥याउने र आर्थिक लाभ लिने उद्देश्यले घटनाक्रमलाई उग्र बनाएको दाबी गरेको छ ।सन् २०११ मा स्थापना भएको द ब्रिटिश कलेज नेपालमा बेलायतका विश्वविद्यालयसँगको साझेदारीमा उच्च शिक्षा प्रदान गर्दै आएको संस्था हो । कलेजले आफू नेपालमा ब्रिटिश एक्रिडिटेशन काउन्सिलबाट मान्यता प्राप्त कलेज भएको, नेपाल सरकारका प्रचलित नियमहरू पालना गर्दै आएको र हाल करिब एक हजार ५०० विद्यार्थी अध्ययनरत रहेको जनाएको छ ।कलेजका अनुसार पछिल्लो विवाद हस्पिटालिटी म्यानेजमेन्टअन्तर्गतको फाउन्डेसन कार्यक्रम तथा दुबईस्थित उलविच इन्स्टिच्यूटसँगको शैक्षिक सहकार्यसँग सम्बन्धित हो । हस्पिटालिटी म्यानेजमेन्टको फाउन्डेसन कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत भइसकेको र त्यससम्बन्धी आधिकारिक कागजात उपलब्ध रहेको कलेजको भनाइ छ ।उक्त कार्यक्रममार्फत विद्यार्थीहरूले दुबईमा पियर्सन एचएण्डडी डिप्लोमा पूरा गरी अन्तिम वर्ष ९टप–अप० अध्ययनका लागि अन्य देश जान सक्ने संरचना अन्तर्राष्ट्रिय अभ्यासअनुसार रहेको दाबी कलेजले गरेको छ ।उलविच इन्स्टिच्यूट दुबई सरकारको लाइसेन्स प्राप्त तथा केएचडीए नियमनअन्तर्गत सञ्चालनमा रहेको स्वतन्त्र संस्था भएको कलेजले स्पष्ट पारेको छ । हाल पनि तीन दर्जनभन्दा बढी नेपाली विद्यार्थी दुबईमा अध्ययनरत रहेको जनाइएको छ ।कलेजले आन्दोलनको सुरुआत सीमित जिज्ञासाबाट भए पनि पछि केही व्यक्तिहरूले आर्थिक लाभका लागि त्यसलाई उग्र बनाएको दाबी गरेको छ । विज्ञप्तिअनुसार दुबईमा अनुशासनात्मक कारबाहीको सम्भावना सामना गरेका एक पूर्व विद्यार्थी र उनका सहयोगीहरूले अन्य विद्यार्थीलाई अध्ययन छोडेर नेपाल फर्कन उक्साएका थिए । ह्वाट्सएप सन्देशमार्फत कलेजबाट ठूलो रकम असुल्ने योजना बनाइएको दाबीसमेत कलेजले गरेको छ ।नेपाल फर्किएपछि ९ जना विद्यार्थीले कलेज परिसरमा प्रदर्शन गरेको,कक्षाकोठा अवरुद्ध गरिएको, कर्मचारीमाथि दुव्र्यवहार भएको तथा सामाजिक सञ्जालमार्फत लाइभ प्रसारण गरिएको कलेजको भनाइ छ ।त्यसपछि विभिन्न राजनीतिक विद्यार्थी संगठनसँग आबद्ध ४० भन्दा बढी असम्बन्धित व्यक्तिहरू क्याम्पस प्रवेश गरी हुलदंगा मच्चाएको र प्रहरी हस्तक्षेपपछि स्थिति नियन्त्रणमा आएको जनाइएको छ । कलेज प्रशासनलाई धम्की तथा प्रलोभन दिएका एक पूर्व विद्यार्थी राष्ट्रिय दण्ड संहिता, २०७४ अन्तर्गत आर्थिक दबाबसम्बन्धी आरोपमा पक्राउसमेत परेका छन् ।यद्यपि कलेजले समस्याको समाधानका लागि अभिभावक र विद्यार्थीहरूसँग संवाद गर्दै पूर्ण शुल्क फिर्ता, अन्य कार्यक्रम वा संस्थामा स्थानान्तरण तथा अध्ययन निरन्तरताका विकल्प प्रस्ताव गरेको जनाएको छ ।दुबईबाट फर्किएका ९ मध्ये ७ जनाले समाधान स्वीकार गरेको र २ जना पुनः दुबई फर्किएको कलेजले जनाएको छ । यसैबीच, दुबई अध्ययन भिसाका लागि नो अब्जेक्सन लेटर अस्थायी रूपमा रोकिँदा केही कार्यक्रम प्रभावित भएको स्वीकार गर्दै कलेजले प्रभावितविद्यार्थीहरूलाई वैकल्पिक मार्ग र आवश्यक सहयोग उपलब्ध गराएको जनाएको छ ।द ब्रिटिश कलेजले शैक्षिक उत्कृष्टता, पारदर्शिता, नियामक अनुपालन र आर्थिक दबाबप्रति शून्य सहनशीलताको नीति दोहो¥याउँदै नेपालमै गुणस्तरीय ब्रिटिश शिक्षा उपलब्ध गराउने आफ्नो मूल उद्देश्यप्रति प्रतिबद्ध रहेको भन्दै सञ्चारमाध्यमहरूलाई पत्रमार्फत जानकारी गराएको छ ।भ्रामक सूचना तथा अफवाहबारे द ब्रिटिश कलेजको आधिकारिक धारणामितिः जनवरी २०२६परिचयःद ब्रिटिश कलेज नेपालले, यस संस्था, यस संस्थाले सञ्चालन गरिरहेका शैक्षिक कार्यक्रमहरू तथा अन्तर्राष्ट्रिय साझेदारीबारे पछिल्लो समय गलत नियतले फैलाइएका अफवाह तथा भ्रामक सूचनालाई चिर्न यो आधिकारिक धारणा सार्वजनिक गरेको हो । बेलायतको विश्वविद्यालयसँगको पार्टनरशिपमा उच्च शिक्षा प्रदान गर्दै आएको यस अग्रणी कलेज पारदर्शीढंगले सञ्चालन हुँदै आएको छ । सोही अनुसार उत्तरदायी भूमिका निर्वाह गर्दै कलेजले तथ्य तथा प्रमाणमा आधारमा विद्यार्थी, अभिभावक तथा सम्पूर्ण सरोकारवालाहरूसँग संवाद गरेको कुरालाई अत्यन्त महत्त्वपूर्ण ठानेको छ ।केही विद्यार्थीहरूले विभिन्न खालका कागजात तथा प्रमाणहरू, विद्यार्थी अभिलेख, अनुमति तथा स्वीकृति, संस्थागत पत्राचार, मध्यस्थकर्ताको अभिलेख, डिजिटल सञ्चारमार्फत भएको सम्वाद तथा सम्बन्धित निकायका कागजातहरूबारे कुरा उठाउँदै केही ‘आन्दोलन’को गरेको भए पनि घटनाक्रम कलेजबाट ठूलो रकम असुल्ने उद्देश्यमा परिणत भएको बिभिन्न स्पष्ट भएको छ । आन्दोलनको नाम दिएर संस्थाको प्रतिष्ठामा आघात पु¥याउने र संस्थालाई अस्थिरतामा लैजाने प्रयाससमेत भएको छ ।द ब्रिटिश कलेज दृष्य तथा अदृष्य पात्रहरूबाट फैलाइएका हल्ला तथा भ्रमहरूबारे आफ्नो आधिकारिक धारणा स्पष्ट पार्दै, हाम्रा शैक्षिक कार्यक्रमहरूको गुणस्तर, नियामक अनुपालन तथा विद्यार्थी सफलताप्रतिको हाम्रो अटल प्रतिबद्धतासम्बन्धी प्रमाणित र तथ्यमा आधारित जानकारी प्रस्तुत गर्दछ ।द ब्रिटिश कलेजबारेसन् २०११ मा स्थापना भएको द ब्रिटिश कलेज नेपालमा बेलायतका ख्यातिप्राप्त विश्वविद्यालयको डिग्री प्रदान गर्ने अग्रणी संस्थाका रूपमा परिचित छ ।संस्थागत योग्यता तथा विशेषताहरू● नेपालमा द्यचष्तष्कज ब्अअचभमष्तबतष्यल ऋयगलअष् िबाट मान्यता प्राप्त एकमात्र कलेज● अग्रणी अन्तर्राष्ट्रिय कलेजका रूपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित● नेपाल सरकार, शिक्षा मन्त्रालयबाट पूर्ण स्वीकृति प्राप्त● यूकेका प्रतिष्ठित विश्वविद्यालयहरूसँग शैक्षिक साझेदारी● कलेजको सञ्चालक समूहले २३ वर्षभन्दा बढी समयदेखि शिक्षा क्षेत्रमा सेवा प्रदान गर्दै आएको, र द ब्रिटिश कलेज नेपालले १५ वर्षभन्दा बढी समयदेखि निरन्तर शैक्षिक उत्कृष्टता कायम राख्दै आएको● त्द्यऋ नेपालमा करिब १,५०० विद्यार्थी अध्ययनरत● विश्वभर दशौँ हजार सफल पूर्व–विद्यार्थी
● समूहका शैक्षिक संस्थाहरू नेपाल, संयुक्त अधिराज्य, संयुक्त अरब इमिरेट्स ९दुबई० र क्यानडामा सञ्चालनमानेपालमै विश्वस्तरीय ब्रिटिश उच्च शिक्षा उपलब्ध गराई नेपाली विद्यार्थीलाई देश नछोडीकनै विश्वव्यापी अवसरमा पहुँच दिलाउने हाम्रो स्थापनादेखिकोउद्देश्य आज पनि यथावत् छ ।हस्पिटालिटी म्यानेजमेन्ट कार्यक्रम सम्बन्धी द ब्रिटिश कलेज नेपालको स्पष्टिकरणफाउन्डेसन कार्यक्रमको वैधता१।हाम्रो फाउन्डेसन कार्यक्रम नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट औपचारिक रूपमा स्वीकृत छ, जसको आधिकारिक स्वीकृति कागजात उपलब्ध छन् ।२। यस कार्यक्रमबारेको सबै प्रचार सामग्री, भर्ना सम्बन्धी कागजात कलेजको आधिकारिक वेबसाइटमा स्पष्ट रूपमा उल्लेख गरिएको छ । यो कार्यक्रममार्फत दुबईमा दुई वर्षकोएभबचकयल ज्ल्म् डिप्लोमा पूरा गरेपछि डिग्री अध्ययन गर्ने वैकल्पिक मार्ग उपलब्ध छ, जसको अन्तिम वर्ष ९तयउ–गउ० विभिन्न देशहरूमा गर्न सकिन्छ ।३। यस्तो संरचना यूके तथा विश्वव्यापी उच्चशिक्षा प्रणालीमा सामान्य अभ्यास हो र यो कुरा सबै इच्छुक विद्यार्थीहरूलाई पूर्ण पारदर्शिताका साथ जानकारी गराइएको थियो ।दुबई क्याम्पस सञ्चालनध्ययधिष्अज क्ष्लकतष्तगतभ दुबई, त्द्यऋ भन्दा कानुनी रूपमा अलग स्वतन्त्र शैक्षिक संस्था हो र ग्ब्भ् सरकारको पूर्ण लाइसेन्स तथा प्ज्म्ब् ९प्लयधभिमनभ बलमज्गmबलम्भखभयिऊभलत ब्गतजयचष्तथ० को नियमनअन्तर्गत सञ्चालन छ ।सम्झौताअनुसार विद्यार्थीहरूलाइ आवास तथा इन्टर्नशिपका अवसरहरू प्रदान गरिएको थियो ।तीन दर्जनभन्दा बढी नेपाली विद्यार्थीहरू हाल पनि दुबईमा सफलतापूर्वक अध्ययन गर्दै, शैक्षिक प्रगति गरिरहेका र उद्योगगत इन्टर्नशिप प्राप्त गरिरहेका छन् ।विवादबारे द ब्रिटिश कलेजको प्रतिक्रियाः आन्दोलन पछाडिको वास्तविकताआन्तरिक रूपमा गरिएको विस्तृत समीक्षा अनुसार, सुरुमा केही थोरै विद्यार्थीहरूले केही जिज्ञासा राखे पनि ठूलो स्तरको आन्दोलन गर्ने उनीहरूको उद्देश्य थिएन । ती सीमित विषयहरूलाई अन्य व्यक्ति तथा बाह्य पक्षहरूले दुरुपयोग गरी, त्द्यऋ को प्रतिष्ठामा क्षति पु¥याउने उद्देश्यले प्रेरित घटना आर्थिक दबाबको रणनीतिमा परिणत गरिएको हो, जसमा सानो समूह तथाकेही प्रतिस्पर्धी तत्वहरूको संलग्नता देखिएको छ ।आर्थिक दबाब ९भ्हतयचतष्यल० को उद्देश्य पुष्टि गर्ने मुख्य तथ्यहरूदुबईमा घटेका प्रारम्भिक घटनाहरूत्ध्क्ष् दुबईमा अध्ययनरत एक पूर्व त्द्यऋ विद्यार्थीलाई ब्बकजगख प्ऋ, शिक्षक तथा कर्मचारीहरूप्रति बारम्बारको दुव्र्यवहारका कारण, औपचारिक मौखिक चेतावनी दिइएको थियो र उनीमाथि अनुशासनात्मक कारबाहीको सम्भावना रहेको थियो ।सो चेतावनीपछि उक्त व्यक्ति र उनका दुई नजिकका सहयोगी एचष्थबलपब ल्भउब िबलम क्बवष्लब प्जबमपब ९ नेपालका पहिलो वर्षका हस्पिटालिटी म्यानेजमेन्ट विद्यार्थीहरू० ले अन्य नेपाली विद्यार्थीहरूलाई पढाइ छोडी नेपाल फर्किन उक्साउन थाले ।आर्थिक दबाबको प्रमाणध्जबतकब्उउ म्यासेजहरूबाट सार्वजनिक रूपमा हो–हल्ला गरी कलेजबाट ठूलो रकम असुल्ने स्पष्ट योजना देखिन्छ ।दुबईबाट फर्किएका हस्पिटालिटी विद्यार्थीहरूलाई ती दुई व्यक्तिले कलेजबाट प्रति व्यक्ति रु। २ करोड दाबी गरिने आश्वासन दिएका थिए । सो रकम असुल्न न्भल श् आन्दोलन र राजनीतिक पहुँच प्रयोग गरिने दाबी समेत गरिएको थियो ।यसै बिन्दुबाट व्यक्तिगत अनुशासन सम्बन्धी विषय संगठित आर्थिक दबाब रणनीतिमा रूपान्तरित भयो ।गलत तथा भ्रामक दाबीहरूः तथ्यसहित स्पष्टिकरणफाउन्डेसन कार्यक्रम अमान्य वा मन्त्रालयबाट स्वीकृत नभएको भन्ने दाबी पूर्ण रूपमा गलत हो । आधिकारिकस्वीकृति पत्रहरूले कार्यक्रम पूर्ण रूपमा स्वीकृत भएको पुष्टि गर्छन् ।दुबईमा विद्यार्थीहरू सडकमा सुत्न बाध्य भए, आवास दिइएन, संस्था नक्कली हो भन्ने दाबीहरू पूर्ण रूपमा असत्य र भ्रामक हुन् । त्ध्क्ष् दुबईम्गदबष् प्लयधभिमनभ एबचप अन्तर्गत प्ज्म्ब् द्वारा नियमन गरिएको पूर्ण रूपमा लाइसेन्स प्राप्त संस्था हो । सम्झौताअनुसार आवास व्यवस्था गरिएको थियो । पछि देखिएका आवास समस्याहरू व्यक्तिगत विद्यार्थीको लापरवाहीका कारण उत्पन्न भएका थिए,संस्थागत असफलताका कारण होइनन् । उक्त विषयमा त्ध्क्ष् दुबईमा कुनै अतिरिक्त सहयोग अनुरोध गरिएको थिएन ।यी दाबी गर्ने व्यक्तिले स्वयं सामाजिक सञ्जालमा एभबचकयल ज्ल्म् दुबईमा अध्ययन गर्ने अपेक्षा रहेको स्वीकार गरिसकेका थिए, जसले कार्यक्रम संरचनाबारे उनीहरूलाई पूर्ण जानकारी भएको पुष्टि गर्दछ ।आन्दोलनको उग्ररूप र प्रहरी हस्तक्षेपकलेजमा अवरोधनेपाल फर्किएपछि दुबईबाट आएका ९ जना विद्यार्थीहरूले त्द्यऋ हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थीहरूको सहयोगमा कलेजका अधिकारीहरूले बोलाएको बैठकलाई अवरुद्ध गर्दै त्द्यऋपरिसरभित्रै आक्रामक रूपमा प्रस्तुत हुँदै प्रदर्शन गरे । संवादमा बस्नेहरूमा डर र अशान्तिको वातावरण सिर्जना गरियो । यसबारे केही अभिलेखित घटनाहरूमाःशिक्षकहरूलाई कक्षाकोठाभित्र थुन्नेशैक्षिक तथा प्रशासनिक कर्मचारीमाथि दुव्र्यवहार गर्ने
गालीगलौज र धम्की दिनेत्ष्पत्यप र क्ष्लकतबनचबm मार्फत निरन्तर अनधिकृत लाइभ स्ट्रिमिङ गर्नेबाह्य समूहको संलग्नता र प्रहरी कारबाहीआन्दोलन बढ्दै जाँदा, प्रदर्शनसँग सम्बन्धित व्यक्तिहरूले विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनसँग आबद्ध ४० भन्दा बढी असम्बन्धित व्यक्तिहरूलाई क्याम्पसमा जबर्जस्ती प्रवेश गराएका थिए ।त्द्यऋ सँग ती व्यक्तिहरूको कुनै शैक्षिक वा संस्थागत सम्बन्ध थिएन ।ती व्यक्तिहरूले कलेजमा हुलदंगा, डरत्रास र सम्पत्तिमा क्षति पु¥याए, जसका कारण प्रहरी हस्तक्षेप र थुप्रै पक्राउहरू भए ।नेपाल प्रहरीले समयमै हस्तक्षेप गरेको कारण थप हिंसा र गम्भीर क्षति हुन पाएन र क्याम्पसको सुरक्षा तथा शान्ति पुनःस्थापित भयो ।यसै क्रममा, कलेजलाई शुल्क तिर्न बाँकी रहेका ःक्ऋ विषयका एक पूर्व विद्यार्थी द्यष्दभप म्जबपब िलाई राष्ट्रिय दण्ड संहिता, २०७४ को दफा २५३ अन्तर्गत आर्थिक दबाब सम्बन्धी प्रमाणका आधारमा प्रहरीले पक्राउ ग¥यो ।यस घटनाले कथित आन्दोलन कुनै वैध विद्यार्थी सरोकारभन्दा धेरै पर पुगिसकेको र आर्थिक लाभका लागि डर, अराजकता र प्रतिष्ठा क्षति सिर्जना गर्ने संगठित गैरकानुनी प्रयासमा रूपान्तरित भएको स्पष्ट देखाएको छ ।विद्यार्थी सरोकार सम्बोधनः आर्थिक दबाबका बाबजुद सक्रिय समाधानयी गतिविधिहरूको प्रकृति हुँदाहुँदै पनि, द ब्रिटिश कलेजले सुझबुझका साथ तुरुन्तै समस्या समाधानको कदम चाल्यो ।
सक्रिय संवाददुबईबाट फर्किएका सबै हस्पिटालिटी विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूसँग प्रत्यक्ष सम्पर्क ।अभिभावकहरूसँग बैठक आयोजना गरी समस्या बुझ्ने र समाधान छलफल ।समाधान प्रक्रियाभर खुला संवाद कायमप्रस्तावित समाधान विकल्पहरू
कलेजले संस्थागत जिम्मेवारी देखाउँदै, सम्झौताभन्दा बाहिर गएर पनि कलेजले विभिन्न विकल्पहरू प्रस्ताव ग¥योःपूर्ण शुल्क फिर्तावैकल्पिक कार्यक्रमहरूमा स्थानान्तरणअन्य संस्थामा ट्रान्सफरहस्पिटालिटी अध्ययन पूरा गर्न चाहनेहरूका लागि निरन्तर शैक्षिक सहयोगसमाधानको नतिजादुबईबाट फर्किएका ९ मध्ये ७ जना विद्यार्थीहरूले प्रस्तावित समस्या समाधानको उपाय स्वीकार गरे ।२ जना विद्यार्थीहरू आफूहरू प्रभावित बनाइएको स्वीकार गर्दै पुनः दुबई फर्केर अध्ययन जारी राखे ।दर्जनौँ नेपाली विद्यार्थीहरू दुबईमा आफ्नो अध्ययन सफलतापूर्वक जारी राखिरहेका छन् ।आर्थिक दबाबको सामना गर्दा पनि कलेज विद्यार्थी हितप्रति प्रतिबद्धता रहँदै रचनात्मक समाधानको उपाय खोजेको स्पष्ट पार्दछ ।जारी विषयमा द ब्रिटिश कलेजको प्रतिबद्धताद ब्रिटिश कलेजप्रतिबद्ध छः● शैक्षिक उत्कृष्टताः मान्यता प्राप्त साझेदारीमार्फत यूके स्तरको शिक्षा कायम राख्न ।● विद्यार्थी कल्याणः प्रत्येक विद्यार्थीको हित र सफलतालाई प्राथमिकता दिन त्द्यऋ को ःभलतब िज्भबतिज बलम ध्भििदभष्लन ग्लष्तले हाल र पूर्व विद्यार्थीहरूलाई सम्पर्क गरी परामर्श तथा सहयोग सेवा उपलब्ध गराएको छ ।● पारदर्शी सञ्चारः सबै कार्यक्रम र अवसरबारे स्पष्ट र सत्य जानकारी दिन ।● नियामक अनुपालनः शिक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय मान्यताका सबै मापदण्ड पालना गर्न ।आर्थिक दबाबप्रति शून्य सहनशीलताः विद्यार्थीसहयोगमा प्रतिबद्ध रहँदै पनि आर्थिक दबाबमा नझुक्नेनेपाल सरकारको ल्इऋ सम्बन्धी विषयनेपाल सरकारले ग्ब्भ् अध्ययन भिसाका लागि ल्इऋ अस्थायी रूपमा रोकेको निर्णयले, ऋब्ब् ढाँचाभित्र नपर्ने ग्ब्भ् का केही कलेज, विश्वविद्यालयहरूलाई असर गरेको थियो । यो कदम मुख्यतः दुबई बाहिरका अनियमित संस्थाको कारण लिइएको हो । ध्ययधिष्अज क्ष्लकतष्तगतभदुबई प्ज्म्ब् द्वारा नियमनमा भए पनि ऋब्ब् ढाँचाभित्र पर्दैन ।यो विषय हाम्रो सम्झौताभन्दा बाहिर भए तापनि, द ब्रिटिश कलेजले सक्रिय रूपमाः
प्रभावित सबै हस्पिटालिटी फाउन्डेसन विद्यार्थी तथा अभिभावकलाई सम्पर्क ग¥यो ।वैकल्पिक मार्ग र सहयोग प्रस्ताव ग¥यो ।फाउन्डेसन कोर्स पूरा गर्ने, शुल्क फिर्ता वा ट्रान्सफर विकल्प उपलब्ध गरायो ।यसरी, त्द्यऋ ले विद्यार्थीहरूका लागि सधैँ अपेक्षाभन्दा बढी गर्न प्रतिबद्ध रहेको देखाएको छ । कलेजले सबै हस्पिटालिटी फाउन्डेसन विद्यार्थीहरूसँग सौहार्दपूर्ण र सन्तोषजनक सहमति सम्पन्न गरेको छ । तथापी, केवल दुई जनाले मात्र सहमति प्रयासलाई स्वीकार नगर्ने निर्णय गरे ।आगामी बाटोद ब्रिटिश कलेज नेपाली विद्यार्थीहरूलाई पहुँचयोग्य र उच्च गुणस्तरीय ब्रिटिश शिक्षा प्रदान गर्ने आफ्नो मूल उद्देश्यमा केन्द्रित छ ।हामी निरन्तरःशैक्षिक साझेदारी सुदृढ बनाउनेविद्यार्थी सहयोग सेवाहरू विस्तार गर्नेकरिअर तथा प्लेसमेन्ट अवसरहरू बढाउनेसबै सरोकारवालासँग पारदर्शीसंवाद कायम गर्नेदुर्भावनापूर्ण तत्वहरूबाट संस्था र विद्यार्थीको सुरक्षा गर्ने कुरामा केन्द्रित छौं ।यस घटनाबाट विद्यार्थी, अभिभावक, कर्मचारी र सरोकारवालाहरूलाई परेको असुविधा र मानसिक तनावप्रति हामी दुःख व्यक्त गर्दछौँ । साथै, हाम्रो मिशन र मूल्यहरूमा निरन्तर विश्वास राख्नुहुने विद्यार्थी, अभिभावक, पूर्व विद्यार्थी, शैक्षिक साझेदार र समर्थकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । तपाईंहरूको विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो ।

सोमबार १९ माघ २०८२ १०:५७ AM मा प्रकाशित

प्रतिक्रिया