काठमाडौं। नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले पार्टी नेतृत्वले कार्यकर्ताको भावना र मागलाई लगातार बेवास्ता गरेकाले अब विशेष महाधिवेशन अपरिहार्य र बाध्यकारी बनेको बताएका छन्।सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै नेता घिमिरेले विशेष महाधिवेशनको माग उठाउने पार्टी सदस्यहरूमाथि गरिएको बेवास्ता, दुव्र्यवहार र पार्टी विधानको खुला उल्लंघन गरेर पार्टी नेतृत्व तानाशाही भनेको आरोप लगाएका छन्।‘महाधिवेशनको कागजी कार्यतालिका न्यूनतम रूपमा पनि लागू नगर्ने, स्वेच्छाचारी रूपमा समय सार्ने, र पार्टी सदस्यलाई अग्रिम सूचना समेत नदिने प्रवृत्ति अलोकतान्त्रिक मात्र होइन, तानाशाहीपूर्ण पनि हो,’ उनले लेखेका छन्।
प्रतिक्रिया