रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–३, रस्नालुस्थित खिम्ती खोलामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । ज्यान गुमाउनेमा गुल्मी जिल्ला घर भएका अन्दाजी ५० वर्षीय निर्मल बुढाथोकी रहेका छन् ।
बुधवार साथीहरूसँग खोलामा नुहाउन गएका बुढाथोकी डुबेर बेपत्ता भएका थिए । उनका सबै साथीहरू सुरक्षित रूपमा फर्किए पनि उनी खोलाबाट ननिस्किएपछि खोजी थालिएको थियो । खोजी गर्ने क्रममा खिम्ती खोलामा शव फेला परेको प्रहरीले जनाएको छ । बुढाथोकी हिमाल पावर हाइड्रोमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए । खिम्ती खोलाको नामाडी र बेताली खोला संगमस्थलमा जमेको गहिरो दहमा पौडी खेल्ने क्रममा उनी डुबेका थिए ।
शवलाई पोस्टमार्टमका लागि प्रहरीले मन्थली ल्याइएको छ । शव मन्थली नगर अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया