images

एनपीएलमा बन्यो दश अर्धशतक

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सका विदेशी खेलाडी आन्द्रे रसेलले प्रहार गरेको अर्धशतकसँगै एपीएलमा हालसम्म अर्धशतक दश पुगेको छ । रसेलले जनकपुर बोल्टसकाविरूद्ध २८ बलमा अर्धशतक जोडे । जसमा ५ छ्क्का र २ चौका सामेल भए ।

यसअघि विराटनगरकै लोकेश बम र इमरान शेखले पनि जनकपुरविरूद्ध अर्धशतक बनाए । बमले ३९ र इमरानले ४० बलमा अर्धशतक पूरा गरे। बम अर्धशतक पूरा गर्ने नवौं र शेख आठौं खेलाडी बने। लोकेशको यो दोस्रो अर्धशतक पनि हो। यसअघि काठमाडौं गोर्खाजका राशिद खान जारी एनपीएलमा अर्धशतक हिर्काउने सातौं खेलाडी बनेका थिए। उनले कर्णाली याक्सविरूद्ध ३२ बलमा २ छक्का र ३ चौकाको मद्दतमा पूरा गरेका हुन्।

जारी प्रतियोगितामा जनकपुर बोल्ट्सका तृतराज दास अर्धशतक हिर्काउने छैटौं खेलाडी बनेका थिए। तृतले पोखरा एभेन्जर्सविरूद्धको खेलमा ५१ बलमा ५० रन पूरा गरे। पाँचौ अर्धशतक हिर्काउने खेलाडीमा कर्णाली याक्सका कप्तान सोमपाल कामी बनेका थिए। उनले विराटनगर किङ्सकाविरूद्ध २७ बलमा अर्धशतक पूरा गरेका हुन्। यस्तै कर्णालीकैविरूद्ध विराटनगरका किङ्सका लोकेश बमले ३२ बलमा अर्धशतक हिर्काएका थिए। जारी एनपीएलमा लोकेश अर्धशतक हिर्काउने चौथो खेलाडी बने ।

प्रतियोगिताको तेस्रो अर्धशतक जनकपुर बोल्ट्सका मोइन अलीको नाममा छ। अलीले काठमाडौं गोर्खाजकाविरूद्ध ४९ बलमा अर्धशतक पूरा गरेका थिए। यसअघि एनपीएलको दोस्रो अर्धशतक सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको नाममा छ। ऐरीले पोखरा एभेन्जर्सकाविरूद्ध ३६ बलमै अर्धशतक पूरा गरेका थिए । जारी एनपीएलको पहिलो अर्धशतक भने चितवन राइनोजका डेभिड मलानको नाममा छ । मलानले विराटनगर किङ्ग्सका विरुद्ध ४१ बलमै अर्धशतक हिर्काएका थिए।

मङ्गलबार १८ कात्तिक २०८३ ०३:१८ PM मा प्रकाशित

प्रतिक्रिया