images

खेलकुद शिक्षकलाई एथलेटिक्स विधाका खेल सिकाउँदै उमाकुण्ड गाउँपालिका

रामेछाप । विद्यालयमा खेल क्षेत्र सुधारको लागि उमाकुण्ड गाउँपालिकाले माध्यमिक विद्यालयका खेलकुद शिक्षकलाई लक्षित गर्दै एथलेटिक्स विधाका खेलसम्बन्धी तालिम दिन लागेको छ ।गाउँपालिकाले सात दिने आधारभूत प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा उक्त प्रशिक्षण भइरहेको छ ।वडा खेलकुद विकास समितिबाट सिफारिस गरिएका प्रतिनिधि तथा माध्यमिक तहका खेलकुद शिक्षक सहभागी रहेको प्रशिक्षण कार्यक्रम एक हप्तासम्म सञ्चालन हुनेछ ।कार्यक्रमको उद्घाटन उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गरे । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष सुनुवारले विद्यालय तथा स्थानीय तहमा खेलकुदको विकास, खेलकुद शिक्षकको क्षमता अभिवृद्धि र विद्यालयस्तरमै एथलेटिक्स खेलको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।यस्ता प्रशिक्षणले स्थानीय खेलकुद क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ ।

आइतबार​ २० पुस २०८२ १०:१२ AM मा प्रकाशित

प्रतिक्रिया