images

कमाने प्रिमियर लिगक्रिकेट प्रतियोगितामा ८ वटाटिम सहभागीहुँदै 

हेटौंडा । तेस्रो संस्करणको कमाने प्रिमियर लिगक्रिकेट प्रतियोगितामा ८ वटाटिम सहभागीहुने भएको छ । आइतबार क्लबले खेलाडीलिलामीकार्यक्रमको अयोजनागर्दै प्रतियोगितामा ८ वटाटिमहरू सहभागीहुने जानकारी गराएको हो ।
कमाने क्रिकेट क्लबकाअध्यक्षकिशोर खत्रीको सभाध्यक्षतथा हेटौंडाउपमहानगरपालिकावडानम्बर–८ का वडाध्यक्ष रामकृष्णथापाको प्रमुखआतिथ्यमालिलामीकार्यक्रमभएको छ । हेटौंडा–८ स्थितचन्द्रोदयमाध्यमिकविद्यालयको चौरमा आउँदो माघ १६ गतेदेखि १९ गतेसम्म प्रतियोगिताहुनेछ । कार्यक्रममानगर खेलकुदविकास समितिका सदस्ययज्ञबहादुर रायको पनिउपस्थिति रहेको थियो । हेटौंडाउपमहानगरपालिका ८ नम्बर वडाकार्यालयको सहयोग रहने प्रतियोगितामाकमाने अर्ना, कमाने हन्टर्स, कमाने टाइगर, कमाने बुल्स, कमाने रोयल्स, कमाने लायन्स, कमाने राइनोज र कमाने राइडर्स गरी ८ वटाटिमको सहभागिता रहनेछ । खेलाडीलिलामीकार्यक्रममा सहभागीभएका ९८ जना खेलाडीलाई क्याटग्योरी ‘ए’देखि ‘पी’सम्म छुट्याएर छुट्टाछुट्टै टिममा सहभागी गराइएको छ । क्लबले जिल्लास्तरीय, प्रदेशस्तरीय तथा राष्ट्रियस्तरको प्रतियोगिमाभागलिएका ८ जना खेलाडीलाई पनिप्रतियोगितामा सहभागी गराउनलागेको छ । लिलामीकार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडाध्यक्षथापाले वैदेशिक रोजगारी तथाउच्चशिक्षाहासिल गर्ने बहानामायुवाविदेशिने क्रमबढेकोमा चिन्ताव्यक्त गर्नुभएको छ । युवा पुस्तालाई विदेशिनबाट रोक्नकालागि खेलकुदमा सहभागी गराएर राष्ट्रियस्तरमा र्पुयाउनआवश्यक रहेको उनलेऔँल्याए । प्रतियोगिताको तेस्रो संस्करणसम्मआइपुग्दावडाको स्तरलाई बढाएको आफूले मूल्याङ्कन गरेको उनले बताए। कमानेभित्रका खेलाडीहरुको पहिचानबढाउन, क्रिकेट खेलको क्रेज बढाउन, खेलाडीहरुबीच भातृत्वको सम्बन्धकायम गराउन, खेलाडीलाई राष्ट्रियस्तरमा र्पुयाउन र क्रिकेट खेलको महत्वबारे बुझाउनकालागि यस वर्ष पनिक्लबले प्रतियोगितालाई निरन्तरतादिनलागेको अध्यक्षखत्रीले बताए । उनकाअनुसार प्रतियोगिताकालागिवडाकार्यालयले २ लाख रुपैयाँ बजेट छुट्याएको छ । प्रतियोगिताकालागिप्रथम पुरस्कार जनकपुर बोल्ट्सका ओप्नर उत्सवसिग्देलले प्रायोजन गर्ने घोषणा गर्नुभएको छ । उहाँले क्लबले गर्न लागेको प्रतियोगिताबारे यस वर्षबाटमात्रथाहापाएको भन्दै पुस्कार सौजन्य गर्ने निर्णय गरेको बताए। प्रतियोगिताको उपाधिविजेताटिमले ५० हजार रुपैयाँ र उपविजेताटिमले २५ हजार रुपैयाँसहितशिल्ड, मेडलतथाप्रमाणपत्रप्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, सर्वोकृष्टब्याट्सम्यान र सर्वोकृष्ट बलरलाई पनि पुरस्कार प्रदान गरिने जनाइएको छ । गतवर्ष भएको दोस्रो संस्करणको कमाने टि–१० प्रिमियर लिगक्रिकेट प्रतियोगिताको उपाधिकमाने राइडर्सले जितेको थियो ।
 

    सोमबार २२ पुस २०८१ ०८:२९ AM मा प्रकाशित

    प्रतिक्रिया