ओसाका । गैरआवासीय नेपाली संघ एनआरएनए जापान, क्षेत्रीय समन्वय परिषद् कान्साईको वार्षिक साधारणसभा सम्पन्न भएको छ। बिहिबार जापानको ओसाकामा सम्पन्न सभाले संस्थाको वार्षिक कार्यसम्पादन, संस्थागत गतिविधि तथा आगामी कार्यदिशासम्बन्धी विषयमा छलफल गरिएको थियो। साथै संस्थाको वार्षिक गतिविधिको समीक्षा, भावी योजना, संस्थागत एकता, सहकार्य र उत्तरदायित्वलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।
सभाले संस्थाका आगामी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने, आपसी सहकार्य अभिवृद्धि गर्ने तथा नेपाली समुदायको हितमा संस्थागत गतिविधिलाई थप सक्रिय बनाउने विषयलाई प्राथमिकता दिएको छ।

कार्यक्रममा वक्ताहरूले नेपाली समुदायका समस्या समाधानका लागि सक्रिय संघसंस्थाबीच समन्वय, सहकार्य र संयुक्त पहललाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। समुदायको हकहित, सुरक्षा, सामाजिक एकता तथा संस्थागत सुदृढीकरणका लागि सरोकारवाला पक्षबीच आपसी समझदारी र सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो। एनआरएनए कान्साईका संयोजक भीमबहादुर घर्ती मगरको सभापतित्वमा सम्पन्न सभामा एनआरएनए जापानका कार्यवाहक अध्यक्ष टीकाराम खरेल प्रमुख अतिथि रहेका थिए।
प्रतिक्रिया