काठमाडौँ, । विपद् जोखिमन्यूनीकरणतथाव्यवस्थापन राष्ट्रिय परिषद्को १५ औँ बैठकले पश्चिम नेपालभूकम्प र २०८१ सालको मनसुनजन्यविपद् पश्चातको पुनःनिर्माणकालागितत्कालठोस योजनाल्याउनविपद् जोखिमन्यूनीकरणतथाव्यवस्थापन राष्ट्रियप्राधिकरणलाई निर्देशनदिएको छ । प्रधानमन्त्रीएवं परिषद्का अध्यक्षकेपीशर्मा ओलीकाअध्यक्षतामाआजप्रधानमन्त्रीनिवास, बालुवाटारमा सम्पन्न बैठकमाआजै भएको विपद् जोखिमन्यूनीकरणतथाव्यवस्थापनकार्यकारी समितिको बैठकको निर्णयबमोजिमउक्त योजनाका प्रस्तावितविषयहरु प्रस्तुत गरिएको थियो । क्षतिको विस्तृत लेखाजोखा (डिडिए) गर्न बाँकीभए सम्बन्धितमन्त्रालयबाट गराउन र सोका लागि अर्थ मन्त्रालयलाई परिषद्ले दिनुपर्ने प्रस्ताव बैठकमाआएको थियो । प्रस्तुत प्रस्तावकाअधारमा ठोस योजनाबनाइयही पुस २८ गते बस्ने परिषद्को बैठकले निर्णय गर्ने गरी हिजोको बैठक स्थगनभएको छ । परिषद्मा सडकपुलतथायातायात, सरकारी भवनतथा सहरी पूर्वाधार, विद्युत्, वैकल्पिकऊर्जा र सिंँचाइ, निजीआवास, खानेपानीलगायत क्षेत्रमाआगामीतीनवर्षका लागि रु ९८ अर्ब ६५ करोड २९ हजार ६८ लागतलाग्ने अनुमान प्रस्तुत गरिएको थियो । डोटीभूकम्प (बाजुरा, बझाङसमेत) पञ्चातको निजीआवास पुननिर्माणतथाप्रबलीकरणप्रक्रियाप्रारम्भ गर्ने र २०८० सालको बाढीजन्यविपद्मा परी बेपत्तातथा मृत्यु भएकाव्यक्तिका परिवारलाई राहतउपलब्ध गराउने विषयमाप्राधिकरणले तयारी गरेको छ । आगामीमाघ २ गते हुने भूकम्प सुरक्षादिवसको कार्यक्रममापुनःनिर्माणबारे घोषणा गर्ने सरकारको तयारी रहेको छ । बैठकमाउपप्रधानमन्त्रीहरु,मन्त्रीगण, विभिन्नप्रदेशकामुख्यमन्त्रीहरु, नेपाल सरकारका मुख्यसचिवलगायतको सहभागिताथियो ।
प्रतिक्रिया