images

कैलारी गाउँपालिकाको भवन निर्माण तोकिएकै समयमा सम्पन्न

कैलाली। कैलाली जिल्लाको कैलारी गाउँपालिकाको भवन निर्माण कार्य तोकिएकै सम्झौता अवधिभित्र सफलतापूर्वक सम्पन्न भएको छ। निर्माणको जिम्मा पाएको रोयल कन्स्ट्रक्सनले तोकिएको समय सीमाभित्रै निर्माण कार्य पूरा गरी उदाहरणीय काम गरेको छ।भवन निर्माण कार्य समयमै सम्पन्न भएपछि रोयल कन्स्ट्रक्सनका तर्फबाट प्रकाशबहादुर सेठीले निर्माण प्रक्रियामा सहयोग पुर्‍याउने सम्पूर्ण निकाय तथा सरोकारवालाहरूमा हार्दिक आभार व्यक्त गर्नुभएको छ।

​सेठीले निर्माण कार्यलाई दु्रत गतिमा अघि बढाउन र तोकिएकै समयमा पूरा गर्न गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सम्पूर्ण वडाका अध्यक्षहरू, कार्यालय प्रमुखका साथै कार्यालयका प्राविधिक टोलीले खेल्नुभएको भूमिकाको प्रशंसा गर्नुभयो।स्वास्थ्य मन्त्रालयको बजेटमा सञ्चालित उक्त निर्माण आयोजनाका लागि समयमै बजेट भुक्तानी तथा वित्तीय सहजीकरण गरिदिएको भन्दै सेठीले अर्थ मन्त्रालय र स्वास्थ्य सेवा विभागको टोलीप्रति विशेष धन्यवाद एवं नमन प्रकट गर्नुभएको छ। ​"कामका क्रममा हामीलाई प्राप्त सम्मान, हौसला र सहयोगले निर्माण कार्यलाई छिटो, छरितो र गुणस्तरीय बनाउन ठूलो मद्दत पुगेको छ," सेठीले भन्नुभयो, "हाम्रो कम्पनी, प्राविधिक टोली तथा सम्पूर्ण मजदुर साथीहरूको मनोबल उच्च बनाउन सहयोग पुर्‍याउनुहुने सम्पूर्ण अभिभावकगण तथा सरोकारवालाप्रति रोयल कन्स्ट्रक्सन परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ।"

शुक्रबार​ २२ साउन २०८३ ०५:२० PM मा प्रकाशित

प्रतिक्रिया