images

आज सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढ्यो 

काठमाडौं ।  आज नेपाली बजारमा सुनको मूल्य सामान्यरुपमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा २ सय रुपैयाँले घटेको हो । शुक्रबार २ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार ३ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ३ हजार ६ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।  
 

आइतबार​ २१ मंसिर २०८२ ०३:०४ PM मा प्रकाशित

प्रतिक्रिया