images

योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व गर्न सक्छ ः डा. हेगलिन

काठमाडौं । क्वान्टम भौतिकशास्त्री डा.जोन हेगलिनले योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्वलिन सक्ने बताएका छन् । नेपालमहर्षि वैदिक फाउन्डेसनले काठमाडौँमाआयोजना गरेको अतिरुद्रि विराट महायज्ञमा प्रमुखवक्ताका रूपमा सहभागीहुँदै उनले योग र यज्ञले समाजमाशान्ति स्थापना गर्ने बताएकाहुन् । उनले भने, ‘योग र यज्ञका माध्यमबाट नेपालले विश्ववको नेतृत्वलिन सक्छ,योग र यज्ञले समाजमाशान्ति स्थापना गर्छ । यीदुवै विषय स्वर्णयुगकाउच्चतमप्रविधिहुन् । यीभन्दाशक्तिशालीविषय संसारमा कुनै पनि छैन ।’योग र यज्ञका माध्यमबाट नै नेपालले विश्वको नेतृत्वलिन सक्छ भन्ने महर्षि महेश योगीको दृष्टिकोण थियो । ५० वर्षअघि नेपालआएकामहर्षि महेश योगीले नेपालले संसारको नेतृत्वलिन सक्ने धारणा व्यक्त गरेका थिए। सोहीविषयलाई थपप्रकाशपार्दै डा हेगलिनले यसका रणनीति प्रस्तुत गरेका थिए। उनले अनुसार विश्वको नेतृत्वलिने नेपालकादुई वटा रणनीतिस योग र यज्ञ भएको उल्लेख गरे । अमेरिकास्थित ट्रान्सेन्डेन्टल मेडिटेसन अर्गनाइजेसनकानिर्देशकसमेत रहेका डा. हेगलिनले नेपाललाई विश्वको नेतृत्वलिन सक्ने बनाउनकालागिआफूहरूले योगविज्ञान र यज्ञयज्ञादिका विषयलाई मुख्य रूपमा जोड दिएको दाबी गरे । महर्षि महेश योगी नेपालआएको ५० वर्ष पुगेको अवसरमा आयोजित महायज्ञमा उनले नेपालले मात्रप्राचीन वैदिक ज्ञान बुझ्न सक्ने भएकाले विश्वको नेतृत्व गर्न सक्ने क्षमतापनि नेपालसँगभएको उल्लेख गरे । उनले विज्ञान, प्रविधिर सार्वजनिकनीतिअध्ययन संस्थानकानिर्देशक वैदिक ज्ञानको सदुपयोग गर्न सकेन संसारलाई नेतृत्व गर्ने क्षमताविकास गर्न नेपालकालागि टाढाको कुरा नभएको उल्लेख गरे । 
 

शुक्रबार​ २३ कात्तिक २०८१ ०९:१८ AM मा प्रकाशित

प्रतिक्रिया