images

इनेक्स कनेक्टसहित दुईवटा मोडलका क्यामेरा सार्वजनिक

काठमाडौं । सागर ग्रुपले नेपाली बजारमा इनेक्सका नयाँ प्रडक्टको सार्वजनिक गरेको छ । उक्त ग्रुपद्वारा आयोजित ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल ः मिट एण्ड ग्रिट, एक्स्पो–२०२५’ बाट इनेक्स कनेक्ट र इनेक्सको दुईवटा मोडलका क्यामेराको सार्वजनिक गरेको हो । नेपालमा पहिलो पटक इनेक्स क्यूब, इनेक्स सी५७० क्यामेरा र इनेक्स कनेक्ट आएका हुन् । कोनिका मिनोल्टाअन्तर्गतको इनेक्सका यी प्रडक्टहरू विश्व बजारमा निकै लोकप्रिय छन् । कोनिका मिनोल्टा प्रिन्टरको लागि प्रख्यात भएतापनि कम्पनीले क्यामेरालगायत अन्य डिजिटल डिभाइसहरूको उत्पादन गर्दै आएको छ । नेपाली बजारमा इनेक्सका उक्त प्रडक्ट आएसँगै यसको प्रयोगबाट ग्राहकहरूले नयाँ अनुभव लिनसक्ने सागर ग्रुपले जानकारी दिएको छ ।एआई–सञ्चालित, हाई क्वालिटी भिडियो र सिमलेस कार्यक्षमता भएका इनेक्सका तीन वटै मोडलका प्रडक्टले प्रयोगकर्तालाई फोटो वा भिडियोको खिचाइमा उत्कृष्ट अनुभव प्रदान गर्ने सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धरले जानकारी दिइन् ।इनेक्स क्यूब र इनेक्स सी५७० क्यामेरामा उच्च रिजोल्युसनको सेन्सर र राम्रो कलर रिकर्शनको लागि एड्भान्स टेक्नोलोजीहरू प्रयोग गरिएको छ ।सबै मोडलहरूमा अत्याधुनिक फिचर, स्टाइलिश डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता भएकाले ग्राहकहरूलाई इनेक्सका यी प्रडक्टका प्रयोगले दैनिकीमा पनि सहजीकरण ल्याउने सागर ग्रुपले विश्वास लिएको छ । 
उच्च गुणस्तर भएका इनेक्स प्रडक्टमा अटो फोकसिङ जस्ता प्रविधिहरूको समावेश रहेको मानन्धरले बताइन् ।
 

सोमबार २८ माघ २०८१ ०३:२९ PM मा प्रकाशित

प्रतिक्रिया