images

रास्वपाबाट ५८ जना चुनिनेछन् समानुपातिक सांसद, काे-काे हुनेछन् (सूची)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले समानुपातिकतर्फ करिब ५८ जना सांसद निर्वाचित हुने निश्चित बनेको छ । अन्तिम चरणमा पुगेको मत गणना परिणामअनुसार बेलुकी ६ बजेसम्म रास्वपाले ५० लाख ५० हजार ४९८ मत प्राप्त गरेको छ । 

अब केही लाख मात्रै मत गणना हुन बाँकी छ । जसअनुसार कुल ६ वटा दल राष्ट्रिय दल यो निर्वाचनमा बनेका छन् ।  जसअनुसार नेपाली काँग्रेसले १७ लाख १२ हजार ३७५ मत प्राप्त गरेर दोस्रो दल बनेको छ ।  

तेस्रो दल बनेको एमालेले १४ लाख २९ हजार ७६८ र नेकपाले ७ लाख ७८ हजार ८६८ मत प्राप्त गरेको छ । यस्तै, श्रम संस्कृति पार्टीले ३ लाख ६७ हजार ७० मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २७ हजार २३ समानुपातिक मत प्राप्त गरेको छ । 

कुल खसेको सदर मतको ४८ प्रतिशत मत रास्वपाले पाएको देखिन्छ । कुल सदर मतको ९ प्रतिशत खसेको मत समानुपातिक प्रयोजनका लागि गणना नहुने देखिएकाले रास्वपाले प्राप्त गरेको मत ५३ प्रतिशत हुने देखिन्छ र यो प्रतिशतको सांसद सङ्ख्या ५८ जना पुग्ने देखिन्छ । यस अघि प्रत्यक्षतर्फ १२५ सिट जितेका कारण रास्वपाले कुल १८३ सिट प्राप्त गर्ने देखिएको छ।  

यसरी छानिन्छन् समानुपातिक सांसद 
निर्वाचन आयोगमा दलहरूले बुझाएको बन्द समानुपातिक सूचीअनुसार अब आयोगले सेन्ट लक विधिमा आधारित रहेर प्रतिशतमा क्लस्टर अनुसार सांसद सङ्ख्या निर्धारण गर्नेछ । समानुपातिक विधिबाट कुल ११० सांसद छानिने प्रावधान छ।  

अहिले रास्वपाले प्रत्यक्षतर्फ ११२ जना पुरुष र १३ जना महिलाहरूले प्रत्यक्षतर्फ चुनाव जितेका छन् ।  अब रास्वपाले संसद्‌मा कुल महिलाको सङ्ख्या ३३ प्रतिशत पुर्याउनु पर्छ । कुल १८३ को ३३ प्रतिशत ६०.३९ हुन्छ । अब रास्वपाबाट बढीमा ६१ जना महिला सांसदमा चुनिने पर्ने हुन्छ। 

जसमध्ये १३ जना निर्वाचित भइसकेका कारण ४८ जना महिला अब समानुपातिकबाट छानिनु पर्छ भने बाँकी १० जना पुरुष क्लस्टरअनुसार सांसद चयन हुनेछन् । 

नियमअनुसार खस आर्यतर्फ ३१‍‍.२, जनजाती २८.७, मधेशी १५.३, दलित १३.५, थारु ६.६ र मुस्लिम ४.४ प्रतिशतका हिसाबले क्लस्टर मिलाएर सांसद चयन गरिन्छ । 

यसरी चयन हुनेछन् क्लस्टरअनुसार सांसद

अब पुरुषतर्फको क्लस्टरअनुसार सांसद विभाजन प्रणाली हेरौँ । जसमा १० जना पुरुष निर्वाचित हुँदा खस आर्यले ३.१ जना अर्थात ३ जना सांसद पाउने छ।

जनजातीले २.८७ अर्थात २ वा तीन जना सांसद पाउने छ । मधेशी पुरुषले १.५३ प्रतिशत अर्थात १ वा २  जना सांसद पाउने छ । यस्तै, दलितले १.३५ प्रतिशत अर्थात एक जना मात्रै सांसद पाउने छ । 

थारु पुरुषतर्फ ०.६६ प्रतिशत अर्थात एक जना निर्वाचित हुनेछन् । यस्तै, मुस्लिमतर्फ ०.४४ अर्थात एक जना वा निर्वाचित नै हुननसक्ने सम्भावना रहन्छ ।

अब महिलातर्फ मत विभाजन गर्दा ४८ जनालाई क्लस्टरअनुसार विभाजन गर्दा खस आर्य १५, जनजाति १४, मधेशी ८, दलित ६, थारू ३ र मुस्लिम २ जना महिला निर्वाचित हुनेछन् । 

त्यसो भए को-को बन्छन् त रास्वपाका सांसद ? 

निर्वाचन आयोगमा रास्वपाले पुष १३ गते आफ्नो बन्द समानुपातिक सूची बुझाएको छ । सो सूचीअनुसार यस्तो हुनेछ । रास्वपाको समानुपातिक सांसदहरूको सूची ।
 

सबै क्लस्टरको पुरुषः जम्मा सङ्ख्या १० जना

खस आर्य पुरुष : रमेश प्रसाईं, सुदीप ढकाल र प्रमोद न्यौपाने ।

जनजाती पुरुष : डा.राम लामा, खुश्बु सरकार श्रेष्ठ निर्वाचित हुनेछन् । (मिङ्मा ग्याबु शेर्पा । निर्वाचित हुन सक्ने वा नसक्ने दुवै सम्भावना छ)

मधेशी पुरुषः सुप्रभात यादव, खगेन्द्र कर्ण ।

दलित पुरुषः प्रकाशचन्द्र परियार ( प्रकाश वि.क.निर्वाचित हुन सक्ने वा नसक्ने दुवै सम्भावना छ) 


थारू पुरुषः सुरेन्द्र चौधरी ।


सबै क्लस्टरको महिलाः जम्मा सङ्ख्या ४८ जना

खस आर्य महिला : प्रतिभा रावल, रचना खतिवडा,  लिमा अधिकारी, विदुषी राणा, समीक्षा बाँस्कोटा, श्रद्धा कुँवर क्षेत्री, टिका सङ्ग्रौला,  क्रान्तिशिखा धिताल, आकृति अवस्थी,  सृष्टि भट्टराई,  मञ्जु भुषाल, प्रभा कार्की,  शोभा खनाल,  रत्ना कुमारी थापा,  ज्ञानु पौडेल ।
 

जनजाति महिला: बशुमाया तामाङ,  गंगा छन्त्याल,  सुन्निमा उदास,  अनुष्का श्रेष्ठ,  ओजश्वी शेरचन,  सृजना श्रेष्ठ,  रजनी श्रेष्ठ,  कुसुम मर्हजन,  भूमीका श्रेष्ठ,  प्रमिला कुलुजु,  सुजता तामाङ,  कृपा मर्हजन,  एलिजा गुरुङ र जीना विष्ट ।
 

मधेशी महिला : पुनम कुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामीनी कुमारी, सुनिता कुमारी चौधरी, पुनम साह । 

दलित महिला: रिमा विश्वकर्मा, अमृता विक, सिता वादी, स्मृति सेञ्चुरी, सुस्मा स्वर्णाकार, तारा विश्वकर्मा ।

थारू महिला : गिता चौधरी, उर्मिला चौधरी, करिश्मा कठरिया ।
 

मुस्लिम महिला : समिना मियाँ र अफ्सना बानु । 

सम्पादकीय नोटः पिछडीएको क्षेत्र र अपाङ्गता भएको तर्फबाट चयन हुने सांसद सङ्ख्या जुनकुनै क्लस्टरबाट चयन हुन सक्ने सम्भावना भएकाले नतिजामा सामान्य फरक पर्नेछ । रास्वपाले आयोगमा बुझाएको र सार्वजनिक भएको अन्तिम बन्दसूची र निर्वाचन आयोगको समानुपातिक प्रतिनिधिसभा सदस्य छनोट विधिमा आधारित रहेर यो हिसाब गरिएकाले अन्तिम नतिजाका लागि भने निर्वाचन आयोगको अन्तिम नतिजा प्रतिक्षा गर्नु पर्नेछ ।  

मङ्गलबार २६ फागुन २०८२ ०८:१८ PM मा प्रकाशित

प्रतिक्रिया