यो वर्षको मनसुन बाहिरिएको छ । यो वर्षको मनसुन शुक्रबार सुदुरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू–भागबाट बाहिरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको छ । सामान्यतया सरदर अक्टोबर २ मा नेपालबाट बाहिरिने मनसुन यो वर्ष केही ढिला गरि बाहिरिएको हो ।
प्रतिक्रिया