दानबहादुर बुढा, नेपाल न्यूज बैंक
मुगु । मुगुको रारा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको हनुमान ध्वज गुल्मद्वारा आयोजित गरिएको मैत्रीपूर्ण खुल्ला भलिबल प्रतियोगितामा सेनाको वर्चस्व देखिएको छ ।
चैत २५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा १० वटा टोलीले सहभागिता जनाएका थिए। तीन दिनसम्म चलेको प्रतिस्पर्धामा नेपाली सेनाको देवीदत्त गण ९ख० गुल्म सुसेमुको ‘बी’ टिम प्रथम, सोही गुल्मको ‘ए’ टिम द्वितीय तथा हनुमान ध्वज गुल्म, हुटु तृतीय स्थान हासिल पार्न सफल भए ।
२७ गते सम्पन्न फाइनल खेलमा देवीदत्त गण ९ख० गुल्म‘ए’ र ‘बी’ टिमबिच कडा प्रतिस्पर्धा भएको थियो। पहिलो सेट २५–२१ र तेस्रो सेट २५–१८ ले ‘ए’ टिम विजयी भयो भने दोस्रो सेट २५–१६ र चौथो सेट २५–२२ ले ‘बी’ टिमले जित हात पा¥यो। अन्तिम तथा निर्णायक पाँचौँ सेटमा ‘बी’ टिमले १५–१२ को अन्तरले जित निकाल्दै उपाधि कब्जा गर्न सफल भयो ।
तेस्रो स्थानका लागि भएको खेलमा हनुमान ध्वज गुल्मले सिडिएस फार्कलाई पराजित गरेको थियो ।
मैत्रीपूर्ण खुल्ला भलिबल प्रतियोगिताको समापन कार्यक्रममा सहभागी रहेको प्रमुख जिल्ला अधिकारीले खेलाडीलाई प्रमाण पत्र बितण विजेता धन्यवाद तथा बधाई दिँदै खेल निकै रोचक भएको छ । खेलाडीहरूलाई स्वास्थ्यका लागी खेल राष्टिका लागी खेल मूल नारालाई आत्मराथ गदै नियमित खेल खेली रहन समेत खेलाडीलाई आग्रह गर्दै आयोजन नेपाली सेनालाई आउँदा दिनहरूमा थप विभिन्न खेलको आयोजना गरी नेपाली सेनाका विभिन्न कार्यहरू पनि नागरिकहरू सँगै जोड्न समेत आग्रह गरेका छन् ।
प्रतियोगितामा प्रथम हुने ‘बी’ टिमलाई नगद १० हजार रुपैयाँसहित ट्रफी, द्वितीय हुने ‘ए’ टिमलाई नगद ७ हजार रुपैयाँ र तृतीय हुने टोलीलाई नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो। त्यसै गरी उत्कृष्ट स्पाई कर उमर चन्द र उत्कृष्ट लिबेरो जमदार नन्द गाहामगरलाई पनि नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कार छायानाथ रारा नगरपालिकाकी उपमेयर ऐश्वर्य मल्ल शाहीले वितरण गरेकी थिइन् ।
सेना र समुदायबिचको सम्बन्धलाई खेलकुदमार्फत थप सुदृढ बनाउने उद्देश्यले पहिलो पटक यस्तो प्रतियोगिता आयोजना गरिएको सेनानी खड्गबहादुर श्रेष्ठले जानकारी दिए । आगामी दिनमा पनि समुदाय स्तरका युवाहरूको सहभागिता बढाउने गरी विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरिने उनले बताए ।
प्रतिक्रिया