images

आज तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।जसकारण तराईका केही स्थानमा हुस्सु लागेको छ भने गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू‍–भागमा मौसम मुख्यतया सफा रहनेछ।यस्तै, आज राती भने तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू‍–भागमा मौसम मुख्यतया सफा रहनेछ।हुस्सु–कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई–सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सोमबार २८ पुस २०८२ ११:०५ AM मा प्रकाशित

प्रतिक्रिया