images

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज २ सय रुपैयाँले बढेर २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य ४ हजार ९ सय ७५ रुपैयाँ कायम भएको छ ।
शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार​ २९ चैत २०८२ ०४:४३ PM मा प्रकाशित

प्रतिक्रिया