काठमाडौँ - आज अमेरिकी एक डलरको खरिद दर १३१.०३ रुपैयाँ रहेको छ । बिक्री दर भने १३१.६३ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४३.२२ रुपैयाँ रहेको छ । बिक्री दर भने १४३.८७ रुपैयाँ रहेको छ ।
यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९३ रुपैयाँ रहँदा बिक्री दर ३५.०९ रुपैयाँ रहेको छ । आज मलेसियन रिंगिट एकको खरिद दर २९.७० रुपैयाँ रहँदा बिक्री दर २९.८३ रुपैयाँ रहेको छ ।