काठमाडौं । एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ । संयुक्त अरब इमिरेट्स ९युएई० को द सेभेन्स रंगशाला दुबईमा जारी खेलमा नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्न लागेको हो । खेल बिहान १०ः४५ बजे सुरु हुनेछ ।नेपालले आफ्नो दोस्रो खेल मङ्सिर २९ गते बंगलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्नेछ ।आठ टोली सहभागी रहेको यस प्रतियोगितामा समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन्। उपाधिका लागि पुस ६ गते खेल हुनेछ।
प्रतिक्रिया