images

गोकुल बास्कोटाद्वारा शेरबहादुर तामाङमाथि अवसरवादको आरोप

काठमाडौं । एमाले नेता गोकुल बास्कोटाले शेर बहादुर तामाङले आफूमाथि सार्वजनिक रूपमा आक्रमणात्मक टिप्पणी गरेको आरोप लगाएका छन् ।शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले आफ्नो मत राखेकै कारण तामाङले आफूमाथि सार्वजनिक रूपमा आक्रमण गरेको दाबी गरेका हुन् ।“भन्न मन थिएन तर मेरो मत मैले राखे बापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रूपमा जाई लगेछन,” बास्कोटाले लेखेका छन् ।उनले तामाङलाई पद प्राप्तिका लागि गुट बदल्ने मात्र नभई आवश्यक परे पार्टी नै फुटाउन पछि नपर्ने चरम अवसरवादी पात्र भएको आरोप समेत लगाएका छन् ।“म तपाईं जस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होइन, पटक–पटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र होइन। ०३८ यताका इतिहास हेरौँ न,” बास्कोटाले उल्लेख गरेका छन् ।दुवै नेता एमालेका प्रभावशाली नेताका रूपमा चि

शनिबार ३० फागुन २०८२ ०१:०९ PM मा प्रकाशित

प्रतिक्रिया