काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिदर १३९ रूपैयाँ ६१ पैसा र बिक्रीदर १४० रूपैयाँ २१ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६४ रुपैयाँ २२ पैसा, पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रूपैयाँ ४९ पैसा र बिक्रीदर १९० रूपैयाँ ३० पैसा, स्विस फ््याङ्क एकको खरिददर १७३ रूपैयाँ ६९ पैसा र बिक्रीदर १७४ रूपैयाँ ४३ पैसा निर्धारण गरिएको छ । राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ ४७ पैसा र बिक्रीदर ९१ रूपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ ४६ पैसा र बिक्रीदर १०१ रूपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रूपैयाँ ०६ पैसा र बिक्रीदर १०९ रूपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ४६ पैसा र बिक्रीदर नौ रूपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ४६ पैसा र बिक्रीदर १९ रूपैयाँ ५४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २१पैसा र बिक्रीदर ३७ रूपैयाँ ३७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३० पैसा र बिक्रीदर ३८ रूपैयाँ ४७ पैसा तोकिएको छ । यसैगरी थाई भाट एकको खरिददर चार रूपैयाँ ३२ पैसा र बिक्रीदर चार रूपैयाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३८ रूपैयाँ १७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपैयाँ १८ पैसा र बिक्रीदर ३३ रूपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।
प्रतिक्रिया