images

सुदुरपश्चिमेली प्रदेश समाज जापान, कान्साई क्षेत्रीय समितिको दोस्रो अधिवेशन सम्पन्न

ओसाका, जापान। सुदुरपश्चिमेली प्रदेश समाज जापान, कान्साई क्षेत्रीय समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथिको रूपमा एनआरएनए जापानका केन्द्रीय उपाध्यक्ष दिलीप कंडेल र विशिष्ट अतिथिको रूपमा सुदुरपश्चिमेली प्रदेश समाज जापानका केन्द्रीय अध्यक्ष विकास रोकाय उपस्थित रहेका थिए। धर्मराज पाध्यायको अध्यक्षता भएको उक्त अधिवेशनमा कान्साई क्षेत्रमा सक्रिय विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरू अतिथिको रूपमा सहभागी भएका थिए। कार्यक्रममा समाजको आगामी कार्ययोजना, प्रवासमा सुदुरपश्चिमेली नेपालीबीचको एकता, सहयोग र सांस्कृतिक पहिचान सुदृढीकरणका विषयमा विस्तृत छलफल भएको थियो।


अधिवेशनले सर्वसम्मत रूपमा पुनः धर्मराज पाध्यायको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्ष पुष्कर चैसर, उपाध्यक्षहरू कविता कुंवर, भक्तबहादुर बिक, कृष्ण पुन, महासचिव विनोद शाह, सचिव जिगर बिक, सह–सचिव, राजेन्द्र ठगुन्ना, कोषाध्यक्ष भिम रावल, सह–कोषाध्यक्ष पारस मल्ल र सदस्यहरूमा मनोज जैसी, सन्ध्या ओखेडा, मेनुका कुंवर, अनुभव परियार, नरेश विश्वकर्मा, दिपेन्द्र विष्ट, रेहान भण्डारी, धनश्याम जोसी, नरेन्द्र साउद, डाइमण्ड ढुंगाना, लक्ष्मी शर्मा, टिकाराम साउद र शन्तोस पाण्डे रहनु भएको बताइएको छ ।

कार्यक्रमका अतिथिहरूले नव–निर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालका शुभकामना व्यक्त गरेका थिए। अधिवेशनको अन्त्यमा अध्यक्ष धर्मराज पाध्यायले सबै अतिथि, सुभेच्छुक र सहभागीहरूप्रति धन्यवाद ज्ञापन गर्दै संस्थाको भावी गतिविधिलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाए।

मङ्गलबार २८ असोज २०८२ ०३:५४ PM मा प्रकाशित

प्रतिक्रिया