images

पोखराविरुद्ध काठमाडौँले पहिले बलिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग९एनपिएल० को शनिबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध काठमाडौं गुर्खाजले टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका छन् । यस खेलमा विजयी हुने टोलीको प्लेअफ प्रवेशको सम्भावना बलियो रहने छ । पराजित हुने टोलीको पनि अंक गणितीय सम्भावना कायमै रहनेछ । बिहीवार विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको टोलीमा पोखराको टोलीमा ३ परिवर्तन भएको छ । विराटनगरविरुद्ध खेलेका किरण ठगुन्ना, तृत राज दास र जेन मल्लिक बेन्चमा रहँदा आकर्षित गोमिलले एनपिएल डेब्यु गरेका छन् । पोखराका लागि दिलिप नाथ र आकाश चन्द टिममा फर्किएका छन् ।
 

शनिबार २९ मंसिर २०८१ ०९:४७ AM मा प्रकाशित

प्रतिक्रिया