images

बुढिनन्दा नगरपालिकाको पहलमा कोल्टी अस्पतालमा शल्यक्रियासहित विशेषज्ञ सेवा सुरु हुने

बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिकास्थित कोल्टी आधारभूत अस्पतालमा अब शल्यक्रियासहितका विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन हुने भएका छन् । नगर प्रमुख जनककुमार बोहराको पहल र समन्वयमा निक सिमोन्स इन्स्टिच्युटको सहयोगमा अस्पतालको सेवा २०८३ को श्रावणबाट सुदृढ गरिने भएको हो ।निक सामोन्स इन्स्टिच्युटले आठ देखि दश करोड सम्म खर्च गर्ने अनुमान गरीएको छ ।संस्थाका सिनियर म्यानेजर डा। कसिम शाहका अनुसार दुर्गम क्षेत्रका नागरिकलाई नजिकै प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालमा आवश्यक जनशक्ति, उपकरण तथा प्राविधिक सहयोग उपलब्ध गराइनेछ । यसअन्तर्गत अस्पतालमा एमडीजीपी चिकित्सक, एसबीए तालिम प्राप्त मेडिकल अफिसर, ओटी तालिम प्राप्त नर्स, एनेस्थेसिया असिस्टेन्ट तथा बायोमेडिकल उपकरण टेक्निसियनसहित विशेषज्ञ टोली रहनेछ ।अस्पतालमा सिजेरियन सेक्सन, एपेन्डिसाइटिस, हाइड्रोसिल र हर्नियासहित विभिन्न शल्यक्रिया सेवा सञ्चालन हुनेछन् भने टाइफाइड, झाडापखाला, क्षयरोग, निमोनियालगायत सामान्य रोगहरूको उपचार पनि उपलब्ध हुने जनाइएको छ । साथै

आइतबार​ १ चैत २०८२ १०:४६ AM मा प्रकाशित

प्रतिक्रिया