images

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।बैठक ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे बस्ने भएको हो ।प्रतिनिधि सभा सदस्य निर्वाचनबाट समानुपातिकतर्फ प्राप्त सिट संख्याका आधारमा सांसदको नाम तय गर्न बैठक बस्न लागेको हो ।गत फागुन २१ गते भएको निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ १८ सिट जितेको थियो ।

आइतबार​ १ चैत २०८२ १०:३९ AM मा प्रकाशित

प्रतिक्रिया