काठमाडौं । नयाँ वर्ष २०८३ को दोस्रो कारोवार दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ हजार ९०० रुपैयाँले बढेर तोलाको ३ लाख २ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९९ हजार ८०० रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि १५५ रुपैयाँले बढेर तोलाको ५ हजार २२० रुपैयाँ पुगेको छ । हिजो चाँदी ५ हजार ६५ रुपैयाँमा कारोवार भएको थियो।
प्रतिक्रिया