काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा सो आयोगको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगको प्रतिवेदन राष्ट्रप्रमुख समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने गरिएको छ ।