काठमाडौं। प्रधानमन्त्रीकेपीशर्मा ओलीले धान्यपूर्णिमा, उधौली, यमरीपुन्ही र ज्यापु दिवसकाअवसरमा शुभकामनाव्यक्त गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले ठाउँअनुसारका हाम्रा सबै पर्व सुन्दर रहेको भन्दै धान्यपूर्णिमा, उधौली, यमरीपुन्ही र ज्यापु दिवसकाअवसरमा शुभकामनाव्यक्त गरे । उनले लेखेका छन् ,‘आजधान्यपूर्णिमाको दिन। पुरानो कृषियुगमा यस दिनको ठूलो महत्त्व छ। असारमा रोपेको धान मंसीरमा भित्र्याएर प्रमुखखाद्यान्नधानप्रति कृतज्ञहुने पर्व भएकोले आजको दिनलाई धान्यपूर्णिमा भनिएको हो। आजज्यापु दिवस पनिहो ।काठमाडौँउपत्यकामाचामलबाटबनाइएको यःमरी खाएर यःमरी पुन्हीमनाइन्छभने पूर्वी पहाडमाजाडो छल्नउँभो लेकबाट बेंसी (उँधो)झर्ने दिनका रूपमाआजउधौलीपर्व मनाइन्छ। नेपालमाबसोबास गर्ने धेरैजसो जातिहरूको आजको दिनमाकुलपूजा गर्ने चलन छ र विभिन्नठाउँमा मेलालाग्छ। ठाउँअनुसारका हाम्रा सबै पर्व सुन्दर छन्, सबैलाई शुभकामना!!’
प्रतिक्रिया