images

‘भक्तपुरको प्रत्यारोपण केन्द्रमा प्रदर्शन जारी, कार्यकारी निर्देशकलाई हटाउन माग

भक्तपुर । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासीले विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन् । सोमबार पनि स्थानीय प्रदर्शनमा उत्रिएका छन् ।
भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलनमा अस्पतालभित्र भइरहेको अनियमितता र व्यथिति तत्काल अन्त्य गर्न माग गरिएको छ । आन्दोलनकै सिलसिलामा उनीहरुले आइतबार स्वास्थ्यमन्त्री प्रदिप पौडेललाई भेटेर ज्ञापन पत्र बुझाएका थिए ।झण्डै दुई सय जनाको हस्ताक्षरसहित उनीहरुले केन्द्रमा रहेका व्यथितीहरुका विषयमा मन्त्री पौडेललाई जानकारी गराएका थिए ।केन्द्रमा मुटु, कलेजो, मिर्गौला, फोक्सो तथा नसा सेवा तत्काल सुचारु गर्नुपर्ने, विहान ९ बजेदेखि ४ बजेसम्म सेवा दिने वातावरण बनाउनुपर्ने, अस्पताल भित्र हुने सबै प्रकार सामाजिक उत्पीडन अन्त्य हुनुपर्ने, कर्मचारीहरुको रोकिएको तबल भत्ता श्रम ऐनअनुसार भुक्तानी हुनुपर्ने र केन्द्रको नेतृत्वलाई कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।
यसअघि पनि मन्त्री पौडेललाई भक्तपुरवासीले मागहरुसहितको पत्र बुझाएका थिए । त्यसमा लामो समय बितिसक्दा पनि सुनुवाई नभएपछि उनीहरुले आइतबार मन्त्रालयमै पुगेर पुनः ध्यानाकर्षण पत्र बुझाएका छन् ।स्थानीयहरुले मन्त्री पौडेललाई समस्या कहिले समाधान गर्ने भनेर प्रश्नसमेत गरेका थिए । सो क्रममा मन्त्रीले पौडेलले भने समस्या समाधान गर्न आफूले खोजिरहेको बताएका थिए । आन्दोलनकारीहरु अस्पतालका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठलाई नहटाए स्थानीयबासीले नै हटाउने चेतावनी दिएका थिए ।
 

सोमबार ३१ भदौ २०८१ ०४:३२ PM मा प्रकाशित

प्रतिक्रिया