काठमाडौं । चालू आर्थिक वर्ष २०८२र८३ को पहिलो चार महिनामा नेपालमा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार साउनदेखि कात्तिकसम्म विप्रेषण आप्रवाह ३१।४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९।४ प्रतिशतले मात्र बढेको थियो ।अमेरिकी डलरमा समेत विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ । चालू आवको कात्तिकसम्म डलरमा विप्रेषण २५।३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेको छ, जबकि अघिल्लो वर्ष यस अवधिमा यस्तो वृद्धि ८।२ प्रतिशत रहेको थियो । विप्रेषण आप्रवाह बढेसँगै मुलुकका बाह्य आर्थिक सूचकहरू थप बलियो भएका छन् । चालू आवको कात्तिकसम्म चालू खाता २ खर्ब ७९ अर्ब ६५ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ४७ अर्ब ७८ करोड रुपैयाँले बचतमा थियो ।विदेशी मुद्रा सञ्चिति बढ्दोविदेशी मुद्रा सञ्चिति पनि उल्लेख्य रूपमा बढेको छ । २०८२ असारसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको विदेशी मुद्रा सञ्चिति १४।१ प्रतिशतले वृद्धि भई २०८२ कात्तिकमा ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा सञ्चिति असारमा १९ अर्ब ५० करोड रहेकोमा कात्तिकमा १०।३ प्रतिशतले वृद्धि भई २१ अर्ब ५२ करोड पुगेको छ ।राष्ट्र बैंकका अनुसार हालको विदेशी विनिमय सञ्चिति आव २०८२र८३ को कात्तिकसम्मको आयातलाई आधार मान्दा २०।८ महीनाको वस्तु आयात र १७।४ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
प्रतिक्रिया